सन्दिप पाकिस्तान सुपर लिगको लागि छनौट, पारिश्रमिक कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2018 | 04:12:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले पाकिस्तान सुपर लिग खेल्ने भएका छन् । आज भएको ड्राफ्टमा सन्दिपलाई लाहोर काल्नदरले चयन गरेको हो । सन्दिप ड्राफ्टको 'गोल्ड क्याटेगोरी' मा परेका थिए । 

सन्दिपको न्युनतम पारिश्रमिक ५० हजार अमेरिकी डलर हुनेछ ।  उनको टिममा वेस्ट इन्डिजका कार्लोस ब्रेथवेयर, दक्षिण अफ्रीकाका एबी डिभिलियर्स, पाकिस्तानका मोहम्मद हफिज, लगायत रहेका छन् ।

६ टोलीले प्रतिस्पर्धा गर्ने चौथो संस्करणको पाकिस्तान सुपर लिग आगामी फेब्रुवरी १७ देखि मार्च १७ सम्म हुनेछ । हरेक टोलीले ३ प्लाटिनम, ३ डायमण्ड, ३ गोल्ड, ५ सिल्भर, २ ईमर्जिङ र मार्की गरी टोलीमा २० जनासम्म खेलाडी राख्न पाउनेछन् । एक टोलीले अधिकतम १२ लाख अमेरिकी डलर खर्च गर्न पाउने प्राबधान छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved