यस्तो छ बालोन डी’ओर २०१६ को मनोनयनमा पर्ने खेलाडीको अन्तिम सुची, हेर्नुस को को परे 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2016 | 11:13:32 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वको वर्ष उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने बालोन डी’ओर २०१६ को लागि ३० जना खेलाडी सम्मिलित प्रारम्भिक मनोनयन सार्बजनिक भएको छ  ।

 फ्रेन्च फुटबलले सन् १९५६ देखि हरेक वर्ष विश्वको उत्कृष्ट खेलाडीलाई अवार्ड दिँदै आएको छ ।   फ्रेन्च फुटबलले  सन् २००८ देखि गएको वर्षसम्म भने फिफासँगको सहकार्यमा फिफा बालोन डी’ओर  अवार्ड प्रदान गर्ने गरेको थियो । तर विश्व फुटबलको प्रशासकिय निकाय फिफासँगको  सहकार्य टुटेपछि  बालोन डि’ओर अवार्ड हुन् लागेको हो  । अवार्डको सम्पूर्ण जिम्मा फ्रान्सेली फुटबलले पाएको छ । 

फ्रान्सेली फुटबल म्यागजिनले अवार्डको लागि ६ चरणमा गरी ३० खेलाडीको नाम सार्बजनिक गरेको हो ।  यस पटक युरोपका खेल पत्रकारहरुले मात्र भोट गरेर बिजेता चुन्ने छन् । फिफाको संलग्नतामा   टिममा प्रशिक्षक र कप्तानले पनि भोट गर्ने गरेका थिए । अवार्ड आउँदो जनवरीमा दिइने छ । 

  अर्जेन्टिना र फ्रान्सबाट सबैभन्दा बढी समान ४-४  खेलाडी मनोनयनमा  परेका छन् भने स्पेन, पोर्चुगल र जर्मनीबाट समान ३ खेलाडी रहेका छन्। त्यस्तै उरुग्वेबाट २ खेलाडी र  अल्जेरिया, बेल्जियम, ब्राजिल, चिली, क्रोएसिया, इंगल्याण्ड, गाबोन, इटली, पोल्याण्ड, स्वीडेन र वेल्सबाट समान १ खेलाडी परेका छन्।

मनोनित भएका ३० खेलाडी मध्ये ४ जना गोलकिपर छन् । उनीहरु जियानलुजी बफोन, मानुएल नोए, रुई प्याट्रिसियो र ह्युगो लोरिस हुन्।

हेर्नुस मनोनयनमा पर्ने को को हुन् 

को को परे मनोनयनमा ? 

  • १) सर्जियो अग्युरोः म्यानचेस्टर सिटी
  • २) पिएर एमरिकः बारुसिया डर्टमुण्ड
  • ३) ग्यारेथ बेलः रियल मड्रिड
  • ४) जियानलुइजी बुफोनः युभेन्टस
  • ५) क्रिष्टियानो रोनाल्डोः रियल मड्रिड
  • ६) केभिन डि ब्राउनः म्यानचेस्टर सिटी 
  • ७) पाउलो डिबालाः युभेन्टस
  • ८) डिएगो गोडिनः एथ्लेटिको मड्रिड
  • ९) एन्टोनी ग्रिजम्यानः एथ्लेटिको मड्रिड
  • १०) गोन्जालो हेगुइनः युभेन्टस
  • ११) जाल्टन इब्राहिमोविचः म्यानचेस्टर युनाइटेड
  • १२) आन्द्रेस इनिएस्टाः बार्सिलोना
  • १३) कोकेः एथ्लेटिको मड्रिड
  • १४) टोनी क्रसः रियल मड्रिड 
  • १५) रोबर्ट लेवान्डोस्कीः बार्यन म्युनिख
  • १६) ह्युगो लोरिसः टोटनह्याम
  • १७) रियाद महरेजः लिसेस्टर सिटी
  • १८) लियोनल मेस्सीः बार्सिलोना
  • १९) लुका मोड्रिकः रियल मड्रिड 
  • २०) थोमस मुलरः बार्यन म्युनिख
  • २१) म्यानुएल नुएरः बार्यन म्युनिख
  • २२) नेइमारः बार्सिलोना
  • २३) दिमित्री पेयटः वेष्ट ह्याम 
  • २४) पेपेः रियल मड्रिड
  • २५) पउल पोग्बाः म्यानचेस्टर युनाइटेड
  • २६) रुइ प्याट्रिसिओः स्पोर्टिङ लिस्बोन 
  • २७) सर्जियो रामोसः रियल मड्रिड
  • २८) लुइस स्वारेजः बार्सिलोना
  • २९) जेमी भर्डीः लिसेस्टर सिटी
  • ३०) अटुरो भिडालः बार्यन म्युनिख

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved