मदन भन्डारी स्पोर्ट्स एकेडेमीले भारतमा भलिबल प्रतियोगिता गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2016 | 11:44:52 AM मा प्रकाशित

laxmi  sunrise bank

मदन भण्डारी स्पोर्ट्स एकेडेमी, भारत शाखाले भारतको राजधानी नयाँदिल्लीमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  "मदन भण्डारी स्पोर्ट्स एकेडमी नेपाल" ,  भारत शाखाको बैठकले राजधानी दिल्लीमा भलिबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो । बैठकले प्रतियोगिताको फाइनल हुने दिन साँझमा वृहत् सांस्कृतिक कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । त्यस कार्यक्रमको लागि नेपाल बाट ख्याती प्राप्त गायक गायिका र नृत्य कलाकार निम्ताउने निर्णय भएको एकेडमीका इन्चार्ज गोपाल थापाले बताए । प्रतियोगिताको मिति छिट्टै तय गरिने आयोजकले बताएको छ । 

सो बैठकले उक्त कार्यक्रमका लागि नेपालका ख्यातिप्राप्त कलाकारलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ । बैठकमा मदन भण्डारी स्पोर्ट्स एकेडमी का सल्लाहकार ओमकार शर्मा, उपाध्यक्ष कुल बहादुर सिन्जाली महासचिव शिव थापा, कोषाध्यक्ष अनुज खाती , नारायण गाहा लगायत को उपस्थिती रहेको थियो ।

"हाम्रो अभियान , खेल र खेलाडिको उच्च सम्मान" भन्ने मुल नाराका साथ भारतभर बसोबास गर्दै खेलकुद क्षेत्रमा उच्च पहिचान बनाउदै आएका युवाहरू र खेलकुद क्षेत्रमा रुचिकर युवाहरूलाई प्रोत्साहित गर्न , युवाहरूको नैतिक , बौद्धिक , शारीरिक विकास गर्न , आपसी सद्भाव र भाइचारा कायम राख्न र खेलको माध्यमबाट राष्ट्र र राष्ट्रियता मजबुत बनाउनको निमित्त र खेल कै माध्यम बाट मित्र राष्ट्र भारत संगको सम्बन्ध लाई सन्तुलित बनाउने उदेश्य सहित गत सेप्टेम्बर २५ तारीख आइतबारको दिन एकेडेमीको भारत शाखा गठन भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved