सोलिडारिटी कपको लागि नेपाली टोलीको घोषणा, हेर्नुस को को परे ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2016 | 05:55:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटबल संघ एन्फाले आगामी नोभेम्वर २ देखि मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। 

एन्फा कम्प्लेक्स सातदोबाटोमा घोषणा गरेको  टोलीमा ३ गोलरक्षक, ८ डिफेन्डर र ६  मिडफिल्डर र ६ फरवार्ड रहेका छन्। 
 

हेर्नुस को को परे? 


गोलरक्षक : विकेश कुथु, किरण चेम्जोङ, विशाल श्रेष्ठ

डिफेन्डर : रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दिपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, रन्जित धिमाल

मिडफिल्डर : विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठ, राजेन्द्र रावल

फरवार्ड : विमल घर्ती मगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ, रन्जन विष्ट, सुमन लामा, भरत खवास

मुख्य प्रशिक्षक : गोतुकु कोजी

प्रशिक्षक : राजुकाजी शाक्य

गोलकिपिङ प्रशिक्षक : उज्वल मानन्धर

प्रतियोगितामा नेपाल टिमोर लिस्टे र ब्रनाई दारुसेलमसँगै समूह ए मा छ। नेपालले नोभेम्वर ५ मा टिमोर लिस्टेसँग पहिलो खेल खेल्नेछ भने नोभेम्वर ८ मा ब्रुनाईसँग प्रतिस्पर्धा गर्नेछ।  समुहको शिर्ष २ स्थानमा परे नेपालले नक आउट चरणमा प्रवेश पाउने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved