कतारको राष्ट्रिय दिवसमा क्रिकेट प्रतियोगिता, नेपालबाट २ खेलाडी सहभागी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2018 | 08:13:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार क्रिकेट सङ्घले आफ्नो राष्ट्रिय दिवसका उपलक्ष्यमा मङ्गलबार आयोजना गर्न लागेको कतारको राष्ट्रिय टोली र एशिया ११ बीचको मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन नेपालबाट दुई क्रिकेटर आज त्यसतर्फ गएका छन् । 

एशियाका विभिन्न देशका खेलाडीलाई समावेश गरेर आयोजना हुन लागेको खेलमा नेपालबाट स्पिनर सञ्जम रेग्मी र हसिम अन्सारी कतार प्रस्थान गरेका छन् । नेपाली राष्ट्रिय टोली र अन्य खेलाडी एभरेस्ट प्रिमियर लिगमा व्यस्त रहेकाले सञ्जम र हसिमलाई सो मैत्रीपूर्ण खेलमा सहभागी गराइएको निलम्बनमा रहेको नेपाल क्रिकेट सङ्घ क्यानका उपाध्यक्ष दिवाकर घलेले जानकारी दिए ।  दुई खेलाडीलाई उपाध्यक्ष घलेले बिदाइ गरेका हुन् । 

दुवै खेलाडीले एक खेल खेले बापत करिब ९० हजार प्राप्त गर्ने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved