बहु प्रतिक्षित १७३ औ म्यानचेस्टर डर्बी  आज , यस्तो छ इतिहास

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2016 | 05:48:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर लिगको बहु चर्चित म्यानचेस्टर डर्बी ४५ दिन अघि मात्र सम्पन्न  भएको  थियो । जसमा म्यानचेस्टर सिटीले युनाईटेड माथि २-१ को शानदार जित हात  पारेको थियो । आज अर्को म्यानचेस्टर डर्बी हुदै छ । तर यस पटक भने प्रिमियर लिगमा नभई लिग कपमा भिड्न लागेका हुन् ।  

लिग कप अन्तर्गत अघिल्लो चरणको खेलमा   म्यानचेस्टर युनाइटेडले नर्थह्याम्पटनलाई ३-१ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गर्यो । र चौथो चरणको ड्र मा म्यानचेस्टर युनाईटेडले म्यानचेस्टर सिटी प्रतिद्वन्द्वी पाएको हो  ।   यी दुई बीच क्वाटरफाइनल प्रवेशको लागि आज भिडन्त हुन लागेको हो  । यस्तो छ अन्तिम ८ प्रवेशको लागि खेल तालिका । खेल नेपाली अनुसार राती १२:४५ बजे सुरु हुने छ।   

यस सिजन म्यानचेस्टरका दुवै क्लबहरुले नयाँ प्रशिक्षक पाएका छन्  । सिटीका प्रशिक्षक बार्सिलोनाका पुर्व प्रशिक्षक पेप गार्डिवला छन् भने युनाईटेडका प्रशिक्षकमा जोसे मोरिन्हो छन्  । फुटबलमा यी दुईको सम्बन्ध मित्र भन्दा पनि दुश्मनको झैँ चित्रण गर्ने गरिएको छ  । कारण मोरिन्हो रियल म्याड्रिड र पेप बार्सिलोनाको प्रशिक्षक हुँदा यी दुईको सम्बन्ध राम्रो रहेन । मोरिन्हो इन्टर मिलनमा रहंदा पेप बार्सिलोना कै प्रशिक्षक थिए  । त्यस समय पनि यी  दुई बीच कटुतापूर्ण सम्बन्ध रह्यो  ।

रोचक कुरा के छ भने सन् १९९६ देखि २००० सम्म यी दुई बार्सिलोनामा आबद्द थिए , जहाँ मोरिन्हो प्रशिक्षकको भूमिकामा थिए भने पेप खेलाडीको  । त्यस पछि भने यिनको सबन्ध राम्रो छैन  । खेलको समयमा हात मिलाउन पर्दा पनि यी दुई अर्कै तर्फ फर्केर हात मिलाउथे  ।   कटु सम्बध भएपनि यी दुईको प्रदर्शनमा भने प्रतिष्पर्धात्मक छ  । पेपले कुल २१ ट्रफी जितेका छन् भने मोरिन्होले २२ ट्रफी जितेका छन्  ।  

हाल सम्म १७२  म्यानचेस्टर डर्बी भएका छन्  । जसमा म्यानचेस्टर युनाईटेडले बाजी मार्दै आएको छ  । युनाईटेडले १७२  मध्ये ७१ खेल जितेको छ भने सिटीले ५०  खेल मात्र जितेको छ  । बाँकी ५१ खेल भने बराबरीमा सकिएका थिए  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved