नेपालले युएईसँग सिरिज खेल्ने तय, ६ खेल हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 08:02:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ । 

नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का नेपाल प्रतिनिधि तथा क्यानका पूर्वप्रमुख कार्यकारी भावना घिमिरेले सिरिज आगामी माघ ९ देखि २१ गतेसम्म हुने गरी तयारी भइरहेको बताईन  । “आइसिसीले खेलतालिका सार्वजनिक गर्न बाँकी छ तर आगामी माघ ९ देखि २१ गतेसम्म प्रतियोगिता गर्ने निश्चित भयसक्यो”, उनले भनिन । 

नेपाल र युएईबीचको सिरिजकै कारण धनगढीमा आयोजना हुने तेस्रो संस्कारण धनगढी प्रिमियर लिग प्रतियोगितासमेत एक साता पर सारिएको छ । युएईविरुद्धको सिरिज नेपालका लागि दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । आइसिसीबाट एक दिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग गत साउनमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो । जुन सिरिज बराबरी भएको थियो । दुवै देश आइसिसीबाट अन्तर्राष्ट्रिय एक दिवसीय पाउने कान्छा मुलुक हुन् । दुवै मुलुकले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved