सन्दिप लामिछाने बिग बास क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 03:15:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली लेग स्पिनर सन्दिप लामिछाने अष्ट्रेलियामा जारी बिग बास क्रिकेट लिगमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । मेलबर्न स्टार्सको तर्फबाट सिड्नी सिक्सर्स विरुद्ध आफ्नो तेस्रो खेलमा दुई विकेट लिएपछि उनी जारी प्रतियोगीतामा ७ विकेट लिँदै सबैभन्दा बढी विकेट लिने खेलाडी बनेका हुन् ।
सन्दीपले दोस्रो ओभरको दोस्रो बलमा सिड्नीका कप्तान मोइजेस हेनरिक्सलाई आउट बनाएका थिए । उनले तेस्रो ओभरको अन्तिम बलमा टोम कुरानलाई आउट बनाए ।
सन्दिपले यसअघि बिग बासको पहिलो खेलमा सिड्नी थन्डर्स विरुद्ध २ तथा दोस्रो खेलमा होबार्ट हुरिकेन्स विरुद्ध ३ विकेट लिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved