दुई खेल अगावै ए डिभिजन लिगको उपाधि मनाङलाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 04:43:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सहिद स्मारक ए डिभिजन लिगको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार सम्पन्न खेलमा मनाङले संकटा क्लबलाई ३–१ गेल अन्तरले पराजित गर्दै आठौं पटक उपाधि जितेको हो । मनाङले २ खेल अगावै उपाधि आफ्नो पक्षमा पारेको हो ।
बिहिबार भएको खेलमा पहिलो हाफको अतिरिक्त समयमा मनाङका विशाल राईले कर्नर मार्फत गोल गरे । खेलको ८१ औ मिनेटमा फेरी विशाल राईको कर्णर प्रहारमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका पुजन उपरकोटीले गोल गर्दैै टोलीलाई २–० को अग्रता दिलाए । खेल सकिँन ३ मिनेटबाँकी रहँदा फेरी विशाल राईको क्रस पासमा एडिलजा सोमिडेले गोल गर्दै टोलीलाई ३–० को जित दिलाए ।
संकटाका सेन्ड्रिक अबाले खेलको ८९ औं मिनेटमा सान्त्वना गोल फर्काए ।
आजको खेलसँगै मनाङ आफ्नो ११ औं खेलपनि अपराजित खेल्न सफल भएको छ । लिगमा ३३ अंक जोड्दै शीर्ष स्थान कायम राखेको मनाङलाई अब अन्य टोलीले अंकका आधारमा भेट्टाउन सक्ने छैनन् । पराजित संकटा २५ अंकसहित दोस्रो स्थानमै सीमित भएको छ ।
मनाङले यसअघि २०४३, ०४४, ०४६, ०५७, ०६०, ०६२ र ०७० गरि ७ पटक लिगको उपाधि जितिसकेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved