बिगब्यासमा सन्दिपको उत्कृष्ट सुरुवात, तिनै खेलमा लिए बिपक्षी कप्तानको विकेट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 05:48:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बलर सन्दीप लामिछानेले आफ्नो टिमको तेस्रो खेलमा दुई विकेट लिएर अस्ट्रेलियाको क्रिकेट मैदानमा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएका छन्। सन्दीपले बिहीवार भएको खेलमा दुई विकेट लिँदा सिड्नी सिक्सर्सका कप्तान मोजेज एन्‌रिक्सलाई एलबीडब्ल्यूको धरापमा पारेका थिए। विश्वभरि प्रतिष्ठित मानिने बिग ब्याश लिगमा यी १८ वर्षीय नेपाली खेलाडी मेल्बर्न स्टार्सबाट खेलिरहेका छन्।

सिड्नी सिक्सर्सविरुद्धको खेलमा उनले चार ओभरमा १८ रन दिँदै दुई विकेट लिएका हुन्। उनको खेलबाट उत्साहित भएका नेपाली दर्शकहरूले सिड्नीस्थित क्रिकेट मैदानमा नेपालको राष्ट्रिय झन्डा फहराउँदै हर्षोल्लास गरेका थिए। 

यसअघि सिड्नी थन्डरका कप्तान शेन वाट्सन पनि सन्दीपको बलमै आउट हुन पुगेका थिए। त्यो सन्दीप र उनको टिमको लिगमा पहिलो खेल थियो। वाट्सनले अस्ट्रेलियाली क्रिकेटमा डेब्यु गर्दा सन्दीप दुई वर्षका मात्रै भएको भनी विदेशी सञ्चारमाध्यमले टिप्पणी गरेका छन्। दोस्रो खेल होबार्ट हरिकनविरुद्ध थियो। उक्त खेलमा मेल्बर्न स्टार्सले लिएको कुल चार विकेटमध्ये तीनवटा सन्दीपले आफ्नो खातामा पार्न सफल भएका थिए। सन्दीपले त्यसमा पनि कप्तान म्याथ्यु स्कट वेडको विकेट लिएका हुन्।

तर अघिल्ला दुई खेलमा सन्दीपको राम्रो प्रदर्शन भए पनि दुवै खेलमा उनको टिम पराजित भएको थियो। पछिल्लो खेल भने सन्दीपको टिमले जितेको छ।

सन्दीपले विश्व ११ लगायत विश्वका चर्चित लिगहरू क्यारेबियन, आईपीएल र अफगान प्रिमियरमा सहभागिता जनाइसकेका छन्। अब उनी बाङ्ग्लादेश र पाकिस्तानका लिगमा खेल्न जानेछन्। त्यसलगत्तै भारतमा हुने आईपीएलमा पनि उनी सहभागी हुनेछन् जहाँ अघिल्लो वर्ष उनले अन्तिम खेलहरूमा मौका पाउँदा चर्चा बटुलेका थिए।

यो पनि : 

सन्दिप लामिछाने बिग बास क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved