ए डिभिजन लिग: उपविजेता बन्न २ क्लबबीच रोचक प्रतिस्पर्धा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2018 | 08:38:06 AM मा प्रकाशित

laxmi  sunrise bank

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा दुई चरणका खेल बाँकी रहँदा दोस्रो स्थानमा रहेको सङ्कटा र तेस्रो स्थानको थ्रीस्टारबीच उपविजेता बन्न प्रतिष्पर्धा हुनेछ । लिगको उपाधि ११आँै चरणको खेलसम्म अविजित रहेको मनाङ–मस्र्याङ्दी क्लबले जितिसकेको छ । सङ्कटाभन्दा दुई अङ्कले पछि रहेको थ्रीस्टारलाई लिगको दोस्रो स्थानमा उक्लन बाँकी दुवै खेल जितेर मात्र पुग्दैन । उसले सङ्कटाको नतिजा कुनुपर्ने हुन्छ । सङ्कटा एक खेलमा बराबरी र एक खेलको जितले मात्र दोस्रो स्थानमा रहिरहन सक्छ । 

सङ्कटाले अब १२औँ चरणको अन्तिम खेलमा बुधबार थ्रीस्टारसँग प्रतिपर्धा गर्दैछ । यही खेललको नतिजाले दोस्रो स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ । थ्रीस्टारसँग पराजित भए सङ्कटाको दोस्रो स्थानमा रहेर लिग सम्पन्न गर्ने अवस्था कमजोर बन्छ भने बराबरी वा जितको नतिजाले यो सहज बन्नेछ । 

लिगअन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि शुरु हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरका अनुसार १२औँ चरणका खेल सोमबार तीन, मङ्गलबार र बुधबार दुई÷दुई हुनेछन् । सोमबार हुने पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) मछिन्द्र क्लब तथा दोस्रो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइजबीच हुनेछ । दुवै खेल एन्फा मैदानमा हुनेछन् । सोही दिन हल्चोकमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मीबीच खेल हुनेछ । 

त्यस्तैगरी मङ्गलबार सरस्वति युथ क्लब र च्याउल युथ क्लब तथा अर्को खेल एपिएफ र नेपाल पुलिसबीच हुनेछ । बाह्रौँ चरणको अन्तिम खेलमा बुधबार सङ्कटा क्लब र थ्रीस्टारबीच तथा हिमालनय शेर्पा र उपाधि विजेता मनाङ भिड्नेछन् । लिगअन्तर्गत ११औँ चरणका खेल सकिँदासम्म मनाङ शतप्रतिशत नतिजासहित ३३ अङ्कका साथ उपाधि विजेता बनिसकेको छ भने दोस्रो स्थानमा २५ अङ्कका साथ सङ्कटा, २३ अङ्कका साथ थ्रीस्थार तेस्रो, २१ अङ्कका साथ त्रिभुवन आर्मी चौथो र १८ अङ्कका साथ नेपाल पुलिस पाँचाँै स्थानमा छन् । 

त्यस्तै समान १७÷१७ अङ्कका साथ हिमालयन शेर्पा छैटौँ र एपिएफल सातौँ स्थानमा छन् । पन्ध्र अङ्क रहेको च्यासल आठौँ, ११ अङ्क रहेको जावलाखेल नवौँ, १० अङ्क रहेको सरस्वति १० औँ र नौ अङ्क रहेको फ्रेन्ड्स ११ औँ स्थानमा छन् । यसैगरी समान छ÷छ अङ्क रहेका मछिन्द्र र ब्रिगेड ब्वाइज १२औँ र १३ आँै तथा पाँच अङ्क रहेको न्यूरोड टिम (एनआरटी) तालिकाको अन्तिम स्थानमा छ । 

लिगको कूल ९१ खेलमध्ये हालसम्म ७७ खेल समाप्त भइसकेका छन् । लिगमा अब दुई चरणका गरी १४ खेलमात्र बाँकी छन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख र तेस्रोले रु २५ लाख पाउनेछन् । लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटाँैले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले रु एक लाख पाउनेछन् । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved