युएई विरूद सिरिज खेल्ने नेपाली टोलीको घोषणा, को को परे ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2018 | 04:06:54 PM मा प्रकाशित

laxmi  sunrise bank

युएईसँग हुने एक दिवसीय र टी- ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

नेपालले युएईसँग तीन खेलको एक दिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । नेपाल र युएईबीचको सिरिजकै कारण धनगढीमा आयोजना हुने तेस्रो संस्कारण धनगढी प्रिमियर लिग प्रतियोगितासमेत एक साता पर सारिएको छ । युएईविरुद्धको सिरिज नेपालका लागि दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । आइसिसीबाट एक दिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग गत साउनमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो । जुन सिरिज बराबरी भएको थियो । दुवै देश आइसिसीबाट अन्तर्राष्ट्रिय एक दिवसीय पाउने कान्छा मुलुक हुन् । दुवै मुलुकले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएका थिए । 

यी हुन् नेपाली टोली :

१.पारस खड्का

२.अभिनाश बोहरा

३.बसन्त रेग्मी

४.भीम सार्की

५.विक्रम शोब

६.विनोद भण्डारी

७.दीपेन्द्र सिंह ऐरी

८.ज्ञानेन्द्र मल्ल

९.करन केसी

१०.ललित भण्डारी

११.ललित नारायण राजवंशी

१२.आरिफ शेख

१३.पवन सराफ

१४.प्रदीप ऐरी

१५.रोहित कुमार पौडेल

१६.सन्दीप लामिछाने

१७.शरद भेषवाकर

१८.सोमपाल कामी

१९.सुदीप जोरा

२०.सुशान भारी

 खेल तालिका: 

जनवरी २५, २०१९ - पहिलो ओडिआइ

जनवरी २६, २०१९ - दोस्रो ओडिआइ

जनवरी २८, २०१९ - तेस्रो ओडिआइ

जनवरी ३१, २०१९- पहिलो टी- ट्वान्टी

फेब्रुअरी १, २०१९- दोस्रो टी- ट्वान्टी

फेब्रुअरी ३, २०१९ - तेस्रो टी-ट्वान्टी



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved