नयाँ लिग सञ्चालन गर्दै एन्फा, यस्ता छन् बिशेषता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 06:37:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको व्यवस्थापनमा आयोजना गर्ने ‘सुपर लिग’ प्रादेशिक अवधारणाका आधारमा हुने छ। यस प्रतियोगितामा सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । 

लिगका लागि हाल रहेको १४ ‘ए’ डिभिजन क्लबका १४० खेलाडी छनोट गरी सबै प्रदेशलाई समान रुपले खेलाडी प्रदान गरी  टोली बनाउने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिएका छन् । प्रतियोगिता सिङ्गल राउण्ड रोबिनको आधारमा हुनेछ । सो प्रतियोगितामा २१ लिग खेल र प्ले अफ गरी २५ खेल हुनेछन् । टोलीमा विदेशी खेलाडीसमेत सहभागी हुन पाउनेछन् । 

एन्फा अध्यक्ष शेर्पाले भने , “प्रतियोगिता वैशाख र जेठमा पूर्वाधार भएको प्रदेशमा आयोजना गर्ने गरी तयारी शुरु गरेका छौँ ।” एन्फाले प्रतियोगिताको व्यवस्थापनका लागि नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसँग सम्झौता गरेको छ । सम्झौताअनुसार लिगमा प्रतिष्पर्धा गर्ने टोलीको नाम, तयारी र प्रायोजक इभेन्ट्स म्यानेजमेन्टले हेर्नेछ । 

सम्झौतामा एन्फा अध्यक्ष शेर्पा र इभेन्ट्स म्यानेजमेन्टका अध्यक्ष निर्वाण चौधरीले हस्ताक्षर गरेका छन् । यस्तै एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टकै व्यवस्थापनमा विद्यालयस्तरीय लिग आयोजना गर्ने समेत जनाइएको छ । विद्यालय लिगमा ११ टोली छनोट गरेर ५५ खेल आयोजना गर्ने एन्फाले जनाएको छ । सो लिग  करिब ६ महिना चल्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved