अष्ट्रेलियामा सनसनी मच्चाएर बंगलादेश उडे सन्दिप, यस्तो छ उनको बिपिएल टिम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 08:31:32 AM मा प्रकाशित

laxmi  sunrise bank

हालसम्म खेलेका चारवटै खेलमा विपक्षी टोलीको कप्तानको विकेट लिने क्रमलाई सन्दीप लामिछानेले मङ्गलवार पनि जारी राखेका छन्। मेल्बर्न रेनिगेड्सविरुद्धको खेलमा पनि उनले कप्तान टम कूपरको विकेट लिएका छन्। लिगमा मेल्बर्न स्टार्सका लागि खेलिरहेका लेग स्पिनर सन्दीपले उनको दोस्रो ओभरको अन्तिम बलमा १० रन बनाएर खेलिरहेका कूपरलाई आउट गरे। नेपालका १८ वर्षीय यी दायाँ हाते लेग स्पिनरले हालसम्म लिगका चार खेलमा आठ विकेट लिएका छन्।

उनको सबैभन्दा उत्कृष्ट प्रदर्शन भने होबार्ट हरिकनविरुद्ध रह्यो, जसमा उनले २४ रन खर्चेर तीन विकेट लिन सफल भएका थिए। गत बिहीवार सिड्नी सिक्सर्सविरुद्धको खेलमा उनले दुई विकेट लिएका थिए। जसमध्ये एक विपक्षी टोलीका कप्तान मवजेज एनरिक्सको रहेको थियो। सन्दीपले एनरिक्सलाई एलबीडब्ल्यूको धरापमा पारेका थिए। जारी लिगमा त्यो उनको टिमको पहिलो जित थियो। लिगको पहिलो खेलमा सन्दीपले सिड्नी थन्डरका कप्तान शेन वाट्सनको विकेट लिएका थिए।

उनको दोस्रो खेल होबार्ट हरिकनविरुद्ध थियो। त्यसमा पनि उनले कप्तान म्याथ्यु स्कट वेडलाई आउट गरेका थिए। उक्त खेलमा मेल्बर्न स्टार्सले लिएको कुल चार विकेटमध्ये तीनवटा सन्दीपले आफ्नो खातामा पारेका थिए। शुरूका दुई खेलमा सन्दीपले राम्रो बलिङ गरे पनि उनको टिम पराजित भएको थियो।

सन्दीप बंगलादेश प्रिमियर लिग(बीपीएल) खेल्न बंगलादेश प्रस्थान गरेका छन् । मंगलबार राति मेलबर्न विमानस्थलबाट ढाकाका लागि प्रस्थान गरेका सन्दीपले आफ्नो इन्स्टाग्राममा फोटो राख्दै बीपीएलका लागि तयार रहेको र बीबीएलमा सुरूवाति खेल खेल्दा पाएको साथ र समर्थनले निकै हौसिएको बताएका छन । 

 वकार युनिसको प्रशिक्षणमा रहेको सिलेट सिक्सर्सबाट सन्दीपले बीपीएल खेल्नछन् ।  

डेभिड वार्नरको कप्तानीमा रहेको सिलेटमा सन्दीप र वाट्सनबाहेक मोहम्मद इरफान, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अली, गुलाब्दिन नैब, आन्द्रे फेचर, मेहदी हसन रजा, पट ब्राउन, इमरान ताहिर, निकोलस पुरन, मोहम्मद नवाज नासिर होसेन, सब्बिर रहमान, सोहेल तनविर, लिटन दास, अफिफ हुसेन, तस्किन अहमद, अल अमीन होसेन, तोउहिद रिदोय, फेबियन एलेन रहेका छन ।

सन्दीपको टिमले पुस २२ गते कोमिल्ला भिक्टोरियन्ससँग खेल्नेछ । दोस्रो खेलमा पुस २५मा  चिट्टगङ भाइकिङ्सविरूद्ध प्रतिस्पर्धा गर्नेछ । ७ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा चिट्गङ भाइकिङ्स, कोमिल्ला भिक्टोरियन्स, ढाका डाइनामाइट्स, खुलना टाइटान्स, राजसाही किङ्स, रङपुर राइडर्स, स्याल्हेट सिक्सर्स रहेका छन् । 

यो प्रतियोगिता सकिएपछि सन्दीप फेरि बिग ब्याशको अन्तिम चरणका खेल खेल्न पुग्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved