अष्ट्रेलियाको खेल मैदानमै सन्दिप लामिछानेले मनाए टोपी दिवस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 09:39:24 AM मा प्रकाशित

laxmi  sunrise bank

युवा क्रिकेटर तथा नेपालका राष्ट्रिय क्रिकेट टोलिका सदस्य सन्दिप लामिछानेले अष्ट्रेलियाको खेल मैदानबाटै टोपी दिवस मनाएका छन। मंगलबार (पुष १७) मेल्बर्न रेनिगेड्सविरुद्धको खेलमा मैदानबाटै लामिछानेले प्रसंशकसंग ढाका टोपी लगाएर टोपी दिवस मनाएका हुन।

नेपाली युवाहरुको समुह 'जागरुक युवा अभियान' ले ६ बर्षअघि फेसबुक मार्फत जनवरी १ मा मनाउने गरि सुरु गरेको टोपी दिवस अहिले देश तथा विदेशमा समेत फैलिएको छ। नेपालीहरुले जनवरी १ का दिन नेपाल तथा विदेशमा टोपी दिवस मनाईरहंदा क्रिकेटर लामिछानेले अष्ट्रेलियाको खेल मैदानबाटै टोपी दिवस मनाएर अभियानलाई साथ दिएका हुन। 

मेल्बर्न स्टार्सका लागि खेलिरहेका लेग स्पिनर सन्दीपले हालसम्म खेलेका चारवटै खेलमा विपक्षी टोलीको कप्तानको विकेट लिन सफल भएका छन। मंगलबारको खेलमा लामिछानेले मेल्बर्न रेनिगेड्सविरुद्धको खेलमा पनि कप्तान टम कूपरको विकेट लिए। गत बिहीवार सिड्नी सिक्सर्सविरुद्धको खेलमा उनले दुई विकेट लिएका थिए। जसमध्ये एक विपक्षी टोलीका कप्तान मवजेज एनरिक्सको रहेको थियो। 

उनको दोस्रो खेल होबार्ट हरिकनविरुद्ध थियो। त्यसमा पनि उनले कप्तान म्याथ्यु स्कट वेडलाई आउट गरेका थिए। उक्त खेलमा मेल्बर्न स्टार्सले लिएको कुल चार विकेटमध्ये तीनवटा सन्दीपले आफ्नो खातामा पारेका थिए। नेपालका १८ वर्षीय यी दायाँ हाते लेग स्पिनरले हालसम्म लिगका चार खेलमा आठ विकेट लिएका छन्। लामिछाने बंगलादेश प्रिमियर लिग(बीपीएल) खेल्न बंगलादेश प्रस्थान गरेका छन् ।  

तस्विर:सामाजिक संजाल

अष्ट्रेलियामा सनसनी मच्चाएर बंगलादेश उडे सन्दिप, यस्तो छ उनको बिपिएल टिम

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved