‘बिग बास लिग’ छोडेर सन्दीप बङ्गलादेशमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 12:56:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय टोलीका युवा स्पेनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश आएका हुन् ।

अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास लिग’ खेलिरहेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए । पहिलो खेलमा दुई, दोस्रो खेलमा तीन, तेस्रो खेलमा दुई र चौथो खेलमा एक विकेट लिएका थिए । चारै खेलमा विकेट लिँदै सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा रहेका उनले चारै खेलमा विपक्षी टिमका कप्तानलाई आउट गरेका थिए ।

सन्दीपले बङ्लादेशमा स्यलहेट सिक्सर्सबाट बङ्गलादेश प्रिमियर लिग खेल्ने छन् । बिपिएल क्रिकेट आगामी शनिबारदेखि शुरु हुनेछ । बङ्गलादेश प्रिमियर लिगपछि सन्दीप नेपाली टोलीमा सामेल हुनेछन् । नेपालले माघको दोस्रो साताबाट युएईसँग उसैको मैदानमा एक दिवसीय र टी–२० शृङ्खला खेल्नेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved