धनगढी प्रिमियर लिग अक्सन: पारस र सन्दिप नखेल्ने, कुन टिमले कसलाई कतिमा किने ? (सुचिसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2019 | 11:00:10 PM मा प्रकाशित

laxmi  sunrise bank

माघ अन्तिम सातादेखि सुरु हुने धनगढी प्रिमियर लिग डीपीएल ३ को प्रतियोगिताका लागि अक्सन सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी ६ वटै टोलिले अक्सन मार्फत १२-१२ खेलाडी लिएका छन। 

राजधानीको दरबार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न अक्सनसंगै प्रत्येक टोलिमा एक रणनीतिक खेलाडीसंगै १३-१३ खेलाडी भएका छन। आयोजकको नियमअनुसार अब प्रत्येक टोलिले दुई-दुई बिदेशी खेलाडी राख्नुपर्नेछ।

सम्पन्न अक्सनमा राष्ट्रिय क्रिकेट टिमका चार जना र दुई युवा खेलाडी गरि कुल ६ जना महंगा साबित भए। राष्ट्रिय टिमका विनोद भण्डारी, ललित भण्डारी, आरिफ शेख, ललित राजवंशी तथा युवा खेलाडीद्वय पवन सराफ र भिम शार्की सबैभन्दा धेरैमा बिक्री भए। २ लाख ५० हजारमा बिक्रि भएसंगै पवन सराफ प्रतियोगिताकै महंगा खेलाडी बने भने भिम शार्की र सन्दिप जोरा २ लाख ४० हजारमा बिक्रि भए। ६ जना रणनीतिक खेलाडीको मुल्य भने सार्वजनिक गरिएको छैन। 

यस पटकको डिपीएलमा केहि परिवर्तन भएको छ। तीन टोलीको रणनीतिक खेलाडी तथा एक टोलीको नाम समेत परिवर्तन भएको छ। दुई पटकको च्याम्पियन टिम चौराह धनगढीको नाम अब धनगढी स्टार्स भएको छ। राष्ट्रिय टिमका कप्तान पारस खड्का, भेट्रान स्पीनर शक्ति गौचन र विनोद भण्डारीको स्थानमा नयाँ तीन रणनीतिक खेलाडी घोषणा भएको छ।

पारसले पारिवारिक कारण नखेल्ने भएपछि विराटनगर किंग्सले राष्ट्रिय टिमका फास्ट बलर करण केसीलाई रणनीतिक खेलाडीमा चयन गरेको छ। सन्यास लिइसकेका शक्तिको स्थानमा रुपन्देही च्यालेन्जर्सले बसन्त रेग्मीलाई रणनीतिकित खेलाडी तोकेको छ। गत सिजन रणनीतिक खेलाडी रहेका विनोदलाई हटाउदै महेन्द्रनरगर युनाइटेडले घरेलु प्रेन्चाइज लिगका कप्तान शरद भेषवाकरलाई रणनीतिक खेलाडी चयन गरेको छ।त्यस्तै लोकल ट्यालेन्ट हन्टको रुपमा अन्तिम चरणमा छनोट भएका १२ स्थानीय खेलाडी मध्ये ६ खेलाडी छनौट भएका छन।         

डिपीएल ३ मा युवा खेलाडी सन्दिप लामिछाने देखिने छैनन। विदेशको लिगहरुमा ब्यस्त लामिछाने हाल बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेशमा छन् भने त्यसपछि अष्ट्रेलियन बिग बास लिग खेल्न जानेछन।   

अक्सनमा नौलो कुरा

यस पटकको अक्सनमा सहभागी खेलाडीले आफ्नो न्युनतम मुल्य आफै तोक्न पाउने व्यवस्था गरिएको थियो। अक्सनमा न्युनतम ३० हजारदेखि २ लाख ५० हजारसम्म मुल्य तोक्न पाउने व्यवस्था थियो। यस पटकको अक्सनमा थोरै खेलाडीले मात्र आफ्नो मुल्य १ लाख भन्दा बढी तोके। अक्सनमा राखिएका १८६ मध्ये ६६ खेलाडी मात्रै बिक्रि भए। 

 कुन टिमले कुन खेलाडीमा कति खर्चिए?


विराटनगर किंग्स : (करन केसी : रणनीतिक खेलाडी)

कुशल भुर्तेल : १ लाख ६० हजार

पृथु बास्कोटा : १ लाख २० हजार

अर्जुन अधिकारी : ३० हजार

किशोर महतो : १ लाख

संसाद शेख : ७५ हजार

राजेश पुलामी मगर : ७५ हजार

मो. आसिफ शेख : १ लाख ८० हजार

हरिशंकर शाह : ९० हजार

सुशन भारी : १ लाख

अमृत गुरुङ : ३० हजार

तृत राज दास : ३० हजार

सुबाश ऐर : (स्थानिय खेलाडी)


सीवाईसी अत्तरिया : (दिपेन्द्र ऐरि सिंह ऐरी -रणनीतिक खेलाडी)

जितेन्द्र सिंह ठकुरी : ७५ हजार

भुवन कार्की : २ लाख १० हजार

दिपेन्द्र रावत : ३० हजार

प्रेम तामाङ : ५० हजार

आदील अन्सारी : ३० हजार

रामनरेश गिरि : ७५ हजार

कमल सिंह ऐरि : ९० हजार

सन्दिप जोरा – २ लाख ३० हजार

खगेन्द्र जोशी : ३० हजार

शुबेन्दु पाण्डे – ५० हजार

रित गौतम : ३० हजार

ज्ञानेन्द्र कुँवर : स्थानिय खेलाडी

 

धनगढी स्टार्स : (सोमपाल कामि : रणनीतिक खेलाडी)

दिपेश श्रेष्ठ : ८० हजार

सौरभ खनाल : १ लाख ६० हजार

बिपिन खत्री : ९५ हजार

हरि बहादुर चौहान : ९५ हजार

अमित श्रेष्ठ : १ लाख ८० हजार

राजु रिजाल : ७५ हजार

रोबिन क्षेत्री : ३५ हजार

सन्दिप रजाली : ४० हजार

सुनील धमला : १ लाख ८० हजार

पवन सर्राफ : २ लाख ५० हजार 

धिरज शाही : ३० हजार

कृष्ण ऐर : स्थानिय खेलाडी

 

काठमाडौँ गोल्डेन्स : (ज्ञानेन्द्र मल्ल : रणनीतिक खेलाडी) 

विक्रम कुमार भुसाल : १ लाख ६० हजार

अबिनभ यादब : ३० हजार

राशिद खान : १ लाख ७० हजार

ललित नारायण राजबंशी : २ लाख ५० हजार

नन्दन यादब : ५० हजार

अनिल कुमार साह : १ लाख ७० हजार

सोनु तामाङ : ६५ हजार

सुर्य तामाङ : ५० हजार

योगेन्द्र सिंह कार्की : ७० हजार

मेहबुब आलम : ५० हजार

सुधिर चौधरी : ३० हजार

बिक्रम ठगुन्ना : स्थानिय खेलाडी

 

महेन्द्रनगर युनाईटेड : (शरद भेषावकर : रणनीतिक खेलाडी)

अविनाश बोहरा : १ लाख ७० हजार

मो. आरिफ शेख : २ लाख ५० हजार

अमर सिंह रौटेला : १ लाख २० हजार

सागर ढकाल : १ लाख

दिपेन्द्र चन्द : ३० हजार

दिलिप नाथ : ७५ हजार

रोहित पौडेल – २ लाख ३० हजार

शहाब आलम : ६० हजार

सन्तोष भट्ट : ३० हजार

सिद्धान्त लोहनी : ७० हजार

कुशल मल्ल : ५० हजार

सुशील खड्का : स्थानिय खेलाडी


रुपन्देही च्यालेञ्जर्स : (बसन्त रेग्मी : रणनीतिक खेलाडी)

ललित भण्डारी : २ लाख ५० हजार

प्रदिप ऐरि : २ लाख ४० हजार

पुरन बिक : ५० हजार

सन्दिप सुनार : १ लाख १० हजार

अनिल खरेल : ३० हजार

सुमित महर्जन : ७५ हजार

विनोद भण्डारी : २ लाख ५० हजार

कृष्ण कार्की : १ लाख

सुरज दराई : ३० हजार

विक्रम सोब : ६० हजार

भिम शार्की : २ लाख ५० हजार 

शेर मल्ल : स्थानिय खेलाडी

तस्विर: खेलनेपाल

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved