बिपिएलमा सन्दिपको डेब्यु: वार्नर कप्तान, स्मिथ विपक्षी (लाइभ)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 01:08:31 PM मा प्रकाशित

laxmi  sunrise bank

अस्ट्रेलियाको बिग ब्यास लिगलाई बिचमै छाडेर बंगलादेश फर्केका सन्दिप लामिछानेले बंगलादेश प्रिमियर लिगमा डेब्यु गरेका छन् । सन्दिपले  वकार युनिसको प्रशिक्षणमा रहेको सिलेट सिक्सर्सबाट बीपीएलमा डेब्यु गरेका छन् ।  पहिलो खेलमा सिलेट सिक्सर्सले भिक्टोरियन्ससंग प्रतिस्पर्धा गरिरहेको छ । भिक्टोरियन्स स्टेभं स्मिथको कप्तानीमा रहेको छ।  सन्दिपको टोलीले टस हारेर पहिले ब्याटिंग गरेको छ ।

डेभिड वार्नरको कप्तानीमा रहेको सिलेटमा सन्दीप र वाट्सनबाहेक मोहम्मद इरफान, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अली, गुलाब्दिन नैब, आन्द्रे फेचर, मेहदी हसन रजा, पट ब्राउन, इमरान ताहिर, निकोलस पुरन, मोहम्मद नवाज नासिर होसेन, सब्बिर रहमान, सोहेल तनविर, लिटन दास, अफिफ हुसेन, तस्किन अहमद, अल अमीन होसेन, तोउहिद रिदोय, फेबियन एलेन रहेका छन ।

  ७ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा चिट्गङ भाइकिङ्स, कोमिल्ला भिक्टोरियन्स, ढाका डाइनामाइट्स, खुलना टाइटान्स, राजसाही किङ्स, रङपुर राइडर्स, स्याल्हेट सिक्सर्स रहेका छन् । 

यो प्रतियोगिता सकिएपछि सन्दीप फेरि बिग ब्याशको अन्तिम चरणका खेल खेल्न पुग्नेछन् । बिग ब्यासमा सन्दिपले आफुले खेलेका चारवटै खेलमा विपक्षी टोलीको कप्तानको विकेट लिएर बिश्वब्यापी रुपमा चर्चा बटुलेका थिए।  

हेर्नुस लाइभ : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved