बिपिएलको डेब्यु खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, टिम भने पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 04:01:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्दिप लामिछानेले बंगलादेश प्रिमियर लिग बिपिएलको डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । सिलेट सिक्सर्सबाट खेल्दै सन्दिपले ४ ओभरमा केवल १६ रन खर्चेर २ महत्वपूर्ण विकेट लिएका हुन्  । सन्दिपले सोह्ब मलिक र अनमुल हकको विकेट लिएका हुन । ब्याटिंग तर्फ सन्दिपले २ बल खेलेर १ रन जोडे ।

सन्दिपले उत्कृष्ट प्रदर्शन गरेपनि उनको टोली भने पराजित भएको छ । भिक्टोरियन्सले सन्दिपको टिम सिक्सर्सलाई ४ विकेटले पराजित गरेको हो  । टस हारेर ब्याटिंग गरेको सिक्सर्सले ८ विकेटको क्षतिमा १२७ रन जोडेको थियो । उक्त लक्ष्य भिक्टोरियन्सले एक बल बाँकि रहदै ६ विकेटको क्षतिमा भेट्टायो  । भिक्टोरियन्सको लागि शाहिद अफ्रिदीले विस्फोटक ब्याटिंग गर्दै २५ बलमा ३९ रन बनाएर नत आउट रहे  ।   

 ७ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा चिट्गङ भाइकिङ्स, कोमिल्ला भिक्टोरियन्स, ढाका डाइनामाइट्स, खुलना टाइटान्स, राजसाही किङ्स, रङपुर राइडर्स, स्याल्हेट सिक्सर्स रहेका छन् । यो प्रतियोगिता सकिएपछि सन्दीप फेरि बिग ब्याशको अन्तिम चरणका खेल खेल्न पुग्नेछन् । बिग ब्यासमा सन्दिपले आफुले खेलेका चारवटै खेलमा विपक्षी टोलीको कप्तानको विकेट लिएर बिश्वब्यापी रुपमा चर्चा बटुलेका थिए।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved