सिड्नीमा सन्दिपको कमाल, एकै इनिङमा ६ विकेट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2016 | 07:19:59 PM मा प्रकाशित

laxmi  sunrise bank

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यस्थित प्रिमियर ग्रेड क्रिकेट सिजन खेल्न सिड्नी पुगेका सन्दीपले उत्कृष्ट प्रदशन गर्दै एकै इनिङमा ६ विकेट लिएका छन। 

प्रिमियर ग्रेड सिजन अन्तर्गत पछिल्ला खेलहरुमा सन्तोसजनक खेल पस्किन नसकेका सन्दिपले यस पटक भने उत्कृष्ट प्रदशन गर्दै निर्णायक भूमिका निभाए। 

अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको टिम वेस्टर्न सबअर्ब्सको  सेकेण्ड ग्रेड टिमबाट खेलेका सन्दीपले टिमका लागि सबैभन्दा निर्णायक भूमिका खेले । दुई दिवसीय खेलको पहिलो इनिङमा सबअर्ब्सले २१८ रन जोड्यो ।

यसक्रममा अन्तिम नम्बरमा ब्याटिङ गर्न आएका सन्दीपले १ चौकासहित ५ बलमा ५ रन प्रहार गरे ।

त्यसपछि आफ्नो पहिलो इनिङको खेल लिएर आएको सेन्ट जर्ज १ सय ८३ रनमा समेटियो । सेन्ट जर्जलाई सस्तोमा समेट्नका लागि सन्दीप् एक्लैले  ६ विकेट लिए। व्याट्सम्यानलाई सस्तोमा आउट गर्दै पेबेलियनको बाटो देखाएका सन्दिप पुन लयमा फर्किएका छन। कुल २१ ओभर १ बल बलिङ गरेका सन्दीपले ६ विकेट लिनेक्रममा ५ मेडन राख्दै ६३ रन खर्चिए । बलिङ पनि निकै अनुशासित गरेका सन्दीपले एउटा पनि वाइड/नो बल फालेनन् ।

यसअघि पहिलो तीन खेल ए ग्रेड टिमबाट खेलेका सन्दीपले पहिलो खेलमा १ विकेट लिएका थिए । त्यसपछि बाँकी दुई खेलमा उनले विकेट लिन सकेनन् । सोही कारण उनलाई आज सेकेण्ड ग्रेड टिमबाट खेलाइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved