महिला टि–ट्वान्टी क्रिकेट खेल्न नेपाली टोलि थाइल्याण्ड जादै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2019 | 01:38:04 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबारदेखि थाइल्याण्डमा महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुदै छ । प्रतियोगितामा भाग लिन नेपाली टोली आजै  थाइल्याण्ड जादै छ । नेपालले आफ्नो उद्घाटन खेलमा चीनसंग खेल्ने छ । 

शनिबारदेखि माघ ५ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभगिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भुटान र म्यान्मार छन् ।

नेपालले आफ्नो दोस्रो खेल पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते युएईसँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग खेल्ने छ | समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

नेपाली टोलीमा कप्तानको भूमिकामा रुविना क्षेत्री रहेकी छिन । उप कप्तानको जिम्मेवारी सीता रानामगरले पाएकी छिन् । करुणा भण्डारी, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल, सरिता मगर र नेरी थापा टोलीमा परेका छन्   ।

अन्य खेलाडीमा इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर छन् । वैकल्पिक तर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई रहेका छन् । टोलीको प्रशिक्षक विनोद दासले सम्हाल्ने छन्  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved