यस्तो छ युएई बिरुद्द सिरिज खेल्ने नेपाली टोली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 05:17:18 PM मा प्रकाशित

laxmi  sunrise bank

युएईसँग हुने एक दिवसीय र टी- ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले १६ सदस्यीय  टोलीको घोषणा गरेको हो ।

टोलीमा युवा क्रिकेटरहरु पवन शरार्फ, सन्दीप जोरा, भीम सार्की र अविनाश बोहोरा पहिलो पटक परेका छन् ।त्यस्तै टोलीमा प्रदिप ऐरी र विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी छन् । यस्तै ललित भण्डारी, सुसन भारी र विक्रम शोव भने वैकल्पिक खेलाडीमा परेका छन् । टोलीको कप्तान पारस खड्का रहेका छन्  । 

नेपालले युएईसँग तीन खेलको एक दिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । नेपाल र युएईबीचको सिरिजकै कारण धनगढीमा आयोजना हुने तेस्रो संस्कारण धनगढी प्रिमियर लिग प्रतियोगितासमेत एक साता पर सारिएको छ । युएईविरुद्धको सिरिज नेपालका लागि दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । आइसिसीबाट एक दिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग गत साउनमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो । जुन सिरिज बराबरी भएको थियो । दुवै देश आइसिसीबाट अन्तर्राष्ट्रिय एक दिवसीय पाउने कान्छा मुलुक हुन् । दुवै मुलुकले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएका थिए । 

 खेल तालिका: 

जनवरी २५, २०१९ - पहिलो ओडिआइ

जनवरी २६, २०१९ - दोस्रो ओडिआइ

जनवरी २८, २०१९ - तेस्रो ओडिआइ

जनवरी ३१, २०१९- पहिलो टी- ट्वान्टी

फेब्रुअरी १, २०१९- दोस्रो टी- ट्वान्टी

फेब्रुअरी ३, २०१९ - तेस्रो टी-ट्वान्टी


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved