युएइविरुद्धको सिरिज खेल्न नेपाल फर्किए सन्दीप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 03:39:36 PM मा प्रकाशित

laxmi  sunrise bank

अस्ट्रेलियाको बिगवास लिग र बंगलादेशको बंगलादेश प्रिमियर लिग खेलेर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । लेग स्पिनर सन्दीप विमान बंगलादेशबाट सोमवार दिउँसो काठमाडौं आइपुगेका हुन् । आगामी शुक्रवारदेखि युएइविरुद्ध हुने सिरिजका लागि नेपाल आएका सन्दीप टिमसँगै भोलि मंगलवार युएइ फर्कनेछन् ।

सन्दीपले अस्ट्रेलियामा मेलवर्न स्टार्सका लागि ४ खेल र बंगलादेशमा सिलेट सिक्सर्सका लागि ६ खेल खेले ।

नेपालका लागि खेल्न आएपछि सन्दीपले सिलेटको बाँकी लिगको खेल गुमाउनेछन् । यदि सिलेट प्ले अफमा पुगेमाभने सन्दीप नेपाली राष्ट्रिय टिमका लागि खेलेर फेरि बंगलादेश जानेछन् । नेपालले जनवरी २५ देखि फेब्रुअरी ३ सम्म युएइविरुद्ध ३ ओडिआइ र ३ टी २० आइ खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved