आइसीसीका सबै अवार्ड कोहलीको पोल्टामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 03:42:00 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय क्रिकेटर बिराट कोहलीले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले दिने प्रमुख अवार्ड जितेका छन् । भारतीय पुरुष क्रिकेट टोलीका कप्तान कोहलीले आईसीसी क्रिकेटर अफ द इयर, द आईसीसी मेन्स टेष्ट प्लेयर अफ द इयर र द आईसीसी एक दिवसीय प्लेयर अफ द इयरको उपाधि जितेका हुन् ।

उनले क्याप्टेन अफ आईसीसी टेष्ट टिम अफ द इयर र क्याप्टेन अफ आईसीसी मेन्स वनडे टिम अफ द इयरको अवार्ड पनि जितेका छन् ।

कोहलीले सन् २०१८ को कुल १३ टेष्टमा ५५.०८ को औषतले पाँच शतक सहित १ हजार तीन सय २२ रन बनाएका थिए । एकदिवसीय अन्तराष्ट्रियको १४ खेलमा १३३.५५ को औषतले ६ शतक सहित १ हजार २ सय २ रन बनाएका थिए । गत बर्ष पनि क्रिकेटर अफ द ईयर र वनडे क्रिकेटर अफ द ईयर घोषित भएका कोहलीले २६ एकदिवसीयमा १ हजार ४ सय ६० र १० टेष्टमा १ हजार ५९ रन बनाएका थिए ।

अष्ट्रेलिया बिरुद्ध ७१ बर्षमा पहिलो पटक कोहलीको कप्तानीमा भारतले उसकै मैदानमा टेष्ट श्रृखंला जितेको हो । कोहली दक्षिण अफ्रिका, ईङल्याण्ड र अष्ट्रेलियामा टेष्ट क्रिकेट जित्ने पहिलो एसियाली क्रिकेटर हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved