दोस्रो ओडीआई सिरिज खेल्दै नेपाल, कहाँ हेर्ने लाइभ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 03:59:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को क्रिकेट टोलीबीच हुने तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेल नेपालले भोलि शुक्रबार खेल्दैछ । 

संयुक्त अरब इमिरेट्सको दुबई शहरमा हुने खेलमा नेपालले आफ्नो पहिलो एवं उद्घाटन खेलमा युएईसँग जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । नेपालले एउटै देशसँग एक दिवसीय र टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । गत मार्चमा जिम्बावेमा भएको एक दिवसीय विश्वकप छनोटमा एशोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै नेपालले पहिलोपटक चार वर्षका लागि एक दिवसीय मान्यता पाएको थियो । उक्त मान्यता पाएपछि नेपालले यो दोस्रो पटक एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअछि नेपालले गत अगष्टमा नेदरल्याण्डसँग उसैको मैदानमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो, जुन सिरिज एक÷एकको बराबरीमा सकिएको थियो । 

नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय सिरिज खेल्नेछ भने माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ । उक्त खेलका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ । 

उक्त प्रतियोगिताका सहभागी खेलाडीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् । त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । उक्त प्रतियोगिताका लागि नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर अस्वस्थ भएका कारण छनोट प्रतियेगितमा सहभागी हुन पाएनन् । वैकल्पिकतर्फ ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन्् ।

प्रतियोगिताको विजेता टोलीले १० हजार दिराम (रु तीन लाख १४ हजार) पाउने छ । युएईको  ‘द नेसनल’ ले सम्पूर्ण खेलहरु युएई क्रिकेट बोर्डले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत प्रत्यक्ष प्रशारण गर्ने बताएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved