टस हारेर नेपाल ब्याटिंङमा, पहिलो ओभर मै गुम्यो विकेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2019 | 11:37:02 AM मा प्रकाशित

laxmi  sunrise bank

युएई र नेपालबिचको पहिलो एक दिवसीय खेल सुरु भएको छ । खेलमा नेपालले टस हारेर ब्याटिंग सुरु गरेको छ  । नेपाली टिममा आज ज्ञानेन्द्र मल्ल, बिनोद भण्डारी, पारस खड्का, सोमपाल कामी, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, करण केसी, आरिफ शेख, ललित राजबंशी, बसन्त रेग्मी र पवन शरफ रहेका छन्   । 

नेपालले पहिलो ओभर मै विकेट गुमाएका छ  । ज्ञानेन्द्र मल्ल शुन्य रन मै आउट भएका छन्  ।  पहिलो ओभरको चौथो बलमा मल्ल आउट भएका हुन्  ।  

नेपालले युएईसंग  तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ  । नेपालले एउटै देशसँग एक दिवसीय र टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । गत मार्चमा जिम्बावेमा भएको एक दिवसीय विश्वकप छनोटमा एशोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै नेपालले पहिलोपटक चार वर्षका लागि एक दिवसीय मान्यता पाएको थियो । उक्त मान्यता पाएपछि नेपालले यो दोस्रो पटक एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअछि नेपालले गत अगष्टमा नेदरल्याण्डसँग उसैको मैदानमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो, जुन सिरिज एक÷एकको बराबरीमा सकिएको थियो । 

नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय सिरिज खेल्नेछ भने माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ । 

प्रतियोगिताको विजेता टोलीले १० हजार दिराम (रु तीन लाख १४ हजार) पाउने छ । युएई क्रिकेट बोर्डले पिचभिजन वेबसाइटबाट खेलको प्रत्यक्ष प्रसारण हुने बताएको छ  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved