पुरानो रोगले नछाड्दा नेपाल पहिलो एकदिवसीयमा युएईसँग पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2019 | 10:28:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको आफ्नो पहिलो खेलमा नै नेपाल पराजित भएको छ। यूएईसंग तीन विकेटले पराजित भएसंगै तीन एकदिवसीय श्रङ्खलामा नेपाल १-० ले पछि परेको छ।   

नेपालले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको युएईले ३२।१ ओभरमा सात विकेटको क्षतीमा नै लक्ष्य भेट्टाउन सफल रह्यो। युएईका लागि घुलाम शब्बेरले ३०, सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच, चिराग सुरीले चार र फाहाद नवाजले दुई रन बनाए। 

सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।युएईको जितमा अमिर हायत र इम्रान हैदरले राम्रो प्रदर्शन रह्यो। 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३.५ ओभरमा सबै विकेटको क्षतिमा मात्र ११३ रन जोड्न सक्यो। आरिफ शेख र सोमपाल कामीले सन्तोषजनक प्रदशन गर्दा नेपाललाई केहि राहत मिल्यो। सोमपालले ३० रन बनाए भने आरिफले २५ रन बनाए ।

कप्तान पारस खड्का २० रनमा आउट भएपछि पूरै दबाबमा आएको नेपालका लागि विनोद भण्डारीले पाँच, पवन सर्राफले चार र करण केसीले तीन रन बनाए । युएईका लागि कप्तान मोहम्मद नाभिद र अमिर हायतले समान तीन-तीन विकेट लिए। त्यस्तै, इम्रन हैडरले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गर्न मैदानमा छिरेको नेपालको ओपनिङले आफ्नो पुरानो रोगलाई पछ्याउदा पहिलो खेलमा नै पराजय बेहोर्न बाध्य भयो। ओपनिङमा आएका ज्ञानेन्द्र पहिलो ओभरको चौथो बलमा नै आउट भए। जसले गर्दा नेपाल पुरै दबाबमा पर्यो।  

नेपालले आफ्नो महत्त्वपूर्ण दोस्रो विकेट १६ रन हुदा गुमाएको थियो । त्यसमापनि ओपनर विनोद पाँच रन बनाएर आउट भएपछि नेपाल पूरै दबाबमा आयो । व्यक्तिगत २० रनमा पारस आउट भएपछि आजको खेलमा नेपालले पतनको बाटो समात्यो।   

आफ्नो पहिलो खेलमा पराजय भोगेको नेपालले २६ तारिखमा दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ भने तेस्रो तथा सिरिजको अन्तिम खेल जनवरी २८ तारिखमा खेल्नेछ ।  

एक दिवसीय सिरिज खेलिसकेपछि नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । नेपालले आफ्नो पहिलो टी-ट्वान्टी खेल जनवरी ३१ मा खेल्ने छ ।त्यस्तै, दोस्रो फेब्रअरी एक र तीन फेब्रुअरीमा तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेल खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved