यूएईविरुद्ध नेपालको शानदार जित, रोहित र सोमपालको कीर्तिमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2019 | 07:05:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार जित हात पारेको छ। रोहितकुमार पौडेलको कीर्तिमानी अर्धशक तथा सोमपाल कामीको ५ विकेटको सहायताले दोस्रो खेलमा नेपालले जित निकाल्न सफल भएको हो।

नेपालले युएलाई १४५ फराकिलो रन अन्तरले पराजित गरेको हो। टस जितेर ब्याटिङ गरेको नेपालले २ सय ४२ रन बनाएको थियो । सोमपालले ५ तथा सन्दीप लामिछानेले ४ विकेट लिएपछि घरेलु यूएईले १९.३ ओभरमा ९७ रन जोड्दा सबै विकेट गुमायो ।  सबैभन्दा सानो उमेरमा एकदिवसीय अर्धशतक पूरा गर्ने खेलाडीको रुपमा इतिहास रचेका रोहितकुमारले ५५ रन बनाए।      

१९.३ ओभरमा सोमपालले जहूर खानलाई सन्दीपमार्फत क्याच गराउँदै नेपाललाई सहज विजय दिलाए । यससँगै सोमपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ विकेट लिने पहिलो नेपाली खेलाडी बन्न पुगेका छन् । 

जारि प्रतियोगितामा कमजोर ब्याटिङका कारण नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा युएईसंग पराजित भएको थियो। तर आजको जितसँगै नेपालले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृखलामा १–१ को बराबरी गरेको छ । नेपालले युएई भ्रमणमा ३ एकदिवसीय अन्तर्राष्ट्रिय र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved