युएई बिरुद्दको निर्णायक खेल आज, दुवै टोलीको शृंखला जित्ने दाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 08:48:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले आज युएईसंगको तेस्रो तथा अन्तिम एक दिबशीय खेल खेल्दै छ । शृंखला १-१ को बराबरीको अवस्थामा आजको खेल दुवै टोलीको लागि गर या मरको अवस्थामा पुगेको छ । ४ वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको नेपाल पहिलो शृंखला जित्ने लक्ष्यमा रहेको छ ।

नेपालले पहिलो खेलमा ३ विकेटको हार बेहोरेको थियो । तर नेपालले दोस्रो खेलमा  १४५ फराकिलो जित निकालेको थियो  ।  रोहितकुमार पौडेलको कीर्तिमानी अर्धशक तथा सोमपाल कामीको ५ विकेटको सहायताले दोस्रो खेलमा नेपालले शानदार जित निकाल्न सफल भएको हो। खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे दुबईको आईसीसी क्रिकेट एकेडेमीमा सुरु हुनेछ । 

एक दिबशीयपछि नेपालले माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ । नेपालले एउटै देशसँग एक दिवसीय र टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved