ऐतिहासिक जित दिलाएका खड्का 'म्यान अफ द म्याच'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 07:22:32 PM मा प्रकाशित

laxmi  sunrise bank

युएई बिरुद्द नेपालले ऐतिहासिक सफलता हात पारेको छ। युएईलाई ४  विकेटले पराजित गर्दै नेपालले पहिलो पटक एक दिबशीय अन्तराष्ट्रिय खेलको शृंखला २-१ ले जितेको हो । पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो तथा तेस्रो खेलमा जित निकाल्दै शृंखला जितेको हो । 

आज भएको तेस्रो तथा अन्तिम एक दिबशीयमा युएईले नेपाललाई जितको लागि २५५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले ६ विकेटको क्षतिमा ४४.४ ओभरमा भेट्टायो । 

नेपालको लागि कप्तान पारस खड्काले शतकीय पारि खेल्दै सर्बाधिक ११५ रन बनाए । उनले १०९ बल खेल्दै १५ चौका र १ छक्का सहित उच्च स्कोर बनाएका हुन् । खेलको म्यान अफ द म्याच पनि कप्तान खड्का नै भए  । म्यान अफ द सिरिज पनि खड्का नै रहे ।

त्यस्तै ज्ञानेन्द्र मल्लले ३१, बिनोद भण्डारीले ९ , दिपेन्द्र सिंह एरिले ६, सन्दिप जोराले १९, रोहित पौडेलले १६ रन जोडे । सोमपाल कामि २६ रन र आरिफ शेख २१ रनमा नट आउट रहे । 

अब नेपालले माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ ।

यो पनि  : 

कप्तान खड्का चम्किदा युएईमा नेपालको ऐतिहासिक जित

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved