कतार र दुबईबीच फुटबलमा पनि राजनीति, समर्थक रोक्न स्टेडियममा 'नाकाबन्दी'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 07:46:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार र दुवईबीचको असन्तुष्टि अब फुटबल मैदानमा पनि देखिन थालेको छ। युएईमा जारि एएफसी एसियन कप २०१९ को प्रतियोगितामा समेत  यूएईले राजनीतिक असन्तुष्टिको रिस साध्ने काम गरेको छ।

एएफसी एसियन कप २०१९ अन्तर्गत आज (माघ १५) मा हुने युएई र कतारबिरुद्दको खेलमा राजकुमार नह्यन बिन जाएद्ले सम्पुर्ण टिकट खरिद गर्न दिएको आदेशले दुईदेशबीचको राजनीतिक झगडा अहिले फुटबलमा पनि देखिएको हो।   

अबुधबी स्पोर्ट्स काउन्सिलकाअनुसार राजकुमार नह्यन बिन जाएद्ले कतारका समर्थक घटाउन सम्पूर्ण टिकेट खरिद गरेका हुन। उनले आफ्नो सच्चा समर्थकका लागि भन्दै १० हजार टिकेट किनेको काउन्सिलले जनाएको छ।

जारि प्रतियोगितामा उत्कृष्ट प्रदशन गर्दै आएको कतारका समर्थक रोक्नका लागि राजकुमार जाएद्ले सम्पूर्ण टिकेट खरिद गरेको संचारमाध्यमहरुले जनाएका छन। साउदी अरब जस्तो बलियो राष्ट्रलाई हराएको कतारलाई रोक्नका लागि मात्र नभई राजनीतिक प्रतिशोधले पनि सम्पूर्ण टिकेट एकै व्यक्तिले खरिद गरेको फुटबल पण्डितहरुको विश्लेषण छ।

कतार विरुद्ध साउदी अरेबिया (२-०) बिच भएको खेलमा हजार बढी ओमानीहरुले कतारको समर्थन गरेपछि युएईले यस्तो कदम चालेको हुनसक्ने धेरैले अड्कलबाजी गरेका छन। कतारी समर्थक लाई लगाइएको रोक बारे विश्वब्यापी आलोचना भइरहेको छ ।   

साउदी अरबको नेतृत्त्वमा भएको कतारबिरुद्दको नाकाबन्दीका कारण कतारी खेलाडीहरु कुवेत हुँदै  युएई जानुपरेको थियो। त्यस्तै खेल हेर्न आउने कतारीलाई आफ्नो नागरिकको स्पोन्सर लिनुपर्ने बाध्यता सिर्जना गरिएको छ। कतारमाथी सन् २०१७ को जुन महिना बाट साउदी अरेबिया,युएई,बहराइन,इजिप्त लगायतको राष्ट्रबाट जल,थल तथा हवाई नाकाबन्दी गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved