कतार पहिलोपटक एसियन कपको फाइनलमा, जुत्ता प्रहार गर्ने युएईलाई ४ गोलको जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 12:40:43 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियन कपको सेमिफाइनलमा ४-० ले पराजित गरेर कतारले युएईका घरेलु दर्शकले जुत्ताले हानेको अपमान चुक्ता गरेको छ। आज (माघ १५) मा युएईमा भएको खेलमा महत्त्वपूर्ण जित हात पार्दै कतार पहिलो पटक एसियन कपको फाइनलमा पुगेको छ। 

२०२२ को विश्वकप आयोजनाको तयारीमा जुटेको कतारले जारि प्रतियोगितामा सबै ६ खेल जित्दै आफुलाई बलियो फुटबल टोलिको रुपमा चिनाएको छ। एसियन कपको उपाधीका लागि कतारले यहि शुक्रबार ४ पटकको उपाधी बिजेता जापानसंग प्रतिस्पर्धा गर्नेछ। कोपा अमेरिका २०१९ का लागि दुवै टिम कतार र जापानलाई गत बर्ष नै निम्तो मिलिसकेको छ। 

साउदी अरबको नेतृत्त्वमा युएई, बहराइन र इजिप्टको करीब २ बर्षदेखि नाकाबन्दी झेलिरहेको कतारले युएईमा प्रतियोगिता खेल्नलाई अनेक समस्या बेहोर्दै आएको छ। आजको खेलमा समेत युएईका राजकुमारले दश हजार टिकेट आफु एक्लैले खरिद गरेर कतारी दर्शक घटाउने काम गरेका थिए। जसकारण आजको खेलमा कतारी समर्थकको संख्या न्यून देखिएको थियो। 

समुह चरणको खेलमा कतारले साउदीलाई २-० ले र सेमीफाइनलमा युएईलाई ४-० ले पराजित गरि कतारले नाकाबन्दीको जवाफ मात्र दिएको छैन बरु २०२२ को बिश्वकप आयोजना गर्ने क्षमता भएको पुष्टि गरेको छ। 

मोहम्मद बिन जायेद स्टेडियममा भएको आजको खेलमा कतारले पहिलो २२ मिनेटमा नै बोउलेम खोउखीको गोलमा अग्रता लिएको थियो। १-० को अग्रतालाई पछ्याउदै कतारका अलमोएज अलिले ३७ मिनेटमा दोस्रो गोल गरे। प्रतियोगितामा आफ्नो आठौँ गोल गरेका अलिले  युएईले १९९६ मा आयोजना गरेको एसियन कपमा इरानका फरवार्ड अलि दाईको रेकर्डसंग बराबरी गरेका छन। २२ बर्षिय अलिसंग जापानबिरुद्दको खेलमा गोल गरेर इरानका खेलाडीको रेकर्ड तोड्ने अवसर कायम छ।  

दोस्रो गोल लगत्तै युएईका समर्थकले कतारका खेलाडी माथि जुत्ता प्रहार गरे। एसियन फुटबल संघले दर्शकहरुको यो गतिबिधिलाई अभद्र भन्दै छानबिन गर्ने बताएको छ।  

कतारले दोस्रो हाफमा थप दुई गोल गर्दै आफुलाई फुटबलमा पनि मिडलइष्टको 'हिरो' साबित गरेको छ। खेलको ८० औं मिनेटमा अल हेदोसले गोल गरे भने खेल सकिन केहि मीनेटअघि मात्रै मैदान प्रवेश गरेका हमिद इस्माइलिले चौथो गोल गरे खेलको अन्तिम समयतिर युएईका इस्माइलिले रातो कार्ड खाएपछि युएई १० खेलाडीमा सिमित भएको थियो।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved