डिपिएल खेल्न नेपाल आउँदै युएईका कप्तान मोहम्मद नाबिद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 12:55:35 PM मा प्रकाशित

laxmi  sunrise bank

महेन्द्रनगर युनाइटेडले युएईका कप्तान मोहम्मद नाबिदलाई अनुबन्ध गरेको छ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)का लागी महेन्द्रनगरले टिमको पहिलो विदेशी खेलाडीको रुपमा नामिदलाई अनुबन्ध गरेको हो । माघ २६ गते देखि फाल्गुन ११ गते सम्म धनगढीमा आयोजना हुने रुस्लान डिपिएलमा महेन्द्रनगर युनाइटेडको कप्तानी शरद भेसावकरले गर्दै छन् । टिमले अर्को विदेशी खेलाडीको नाम पनि छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

३१ वर्षीय नाबिद तिब्र गतिका बलर हुन् । युएईको लागि ३५ एकदिवसीय अन्तर्राष्ट्रिय तथा २३ टि–२० अन्तर्राष्ट्रिय खेल खेलीसकेका उनले एकदिवसीयमा ५० विकेट तथा टि–२० मा २३ विकेट लिएका छन् ।

पोखरा प्रिमियर लिगमा पनि शरदकै टिम पोखरा पल्टन्समा रहेका नाबिदले ५ खेलमा १९७.६१ को स्ट्राइक रेटमा ८३ रन बनाएका थिए भने कुल ७ विकेट लिएका थिए । नाबिदले एभरेस्ट प्रिमियर लिगको गत सिजनमा पनि शरदकै कप्तानीमा रहेको भैरहवा ग्ल्याडीएटर्सबाट खेलेका थिए । शरदको कप्तानीमा खेल्न रुचाउने भएकाले पनि उनलाई अनुबन्ध गरिएको टिमले जनाएको छ ।

महेन्द्रनगरमा कप्तान शरद बाहेक रोहित पौडेल, आरिफ शेख, दिलिप नाथ, सिद्धान्त लोहनी, अभिनाश बोहरा, अमर सिंह रौटेला, सागर ढकाल, शाहब आलम, कुशल मल्ल, दिपेन्द्र चन्द, सन्तोष भट्ट र सुशील खड्का छन् । गत सिजन डिपीएलमा महेन्द्रनगरको कप्तानी बिनोद भण्डारीले गरेका थिए | टिम दोश्रो क्वालिफायरमा काठमाडौँ गोल्डेन्ससंग पराजित भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved