गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रगशाला निर्माण घोषणा, 'पहिलो खेल भारत र पाकिस्तानको'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 03:48:53 PM मा प्रकाशित

laxmi  sunrise bank

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा भरतपुरको चितवनमा निर्माण गरिने गौतमबुद्ध अन्तराष्ट्रिय किर्केट रंगशालाका निम्ति फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

सम्झौतापत्रमा फाउन्डेसनको तर्फबाट अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र महानगरपालिकाको तर्फबाट मेयर रेणु दाहालले हस्ताक्षर गरेका छन। सम्झौताअनुसार आगामी ६ महिनाभित्र सम्पूर्ण पूर्वाधार तयार गरि २ बर्षभित्रमा काम सम्पन्न गरि महानगरलाई हस्तान्तरण हुनेछ। रंगशाला त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा बन बिज्ञान संकायको २० बिघा ६ कट्ठा जागामा बन्नेछ। क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो । 

रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले कार्यक्रममा जानकारी दिए। एक नेपालीको भागमा एक सय रुपैयाँ पर्ने र सबैलाई सहयोगको हातअघि बढाउन फाउन्डेसनले सर्वसाधारणलाई आग्रह गरेको छ। रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको धुर्मुसले बताए। 

करिब ३० हजार दर्शक क्षमताको हुने रंगशाला निर्माणमा सहयोगको निम्ति नेपाल इन्भेष्टमेन्ट बैंकमा 'धुर्मुस सुन्तली फाउन्डेसन' नाममा रहेको खाता नम्बर ०४००१०३०२५८७५३ मा सहयोग रकम जम्मा गर्न सकिने फाउन्डेसनले जनाएको छ। 

रंगशाला निर्माण घोषणा कार्यक्रममा बोल्दै चितवन महानगर मेयर रेणु दाहालले समयमै रंगशाला बन्ने र उक्त रंगशालामा पहिलो खेल भारत र पाकिस्तानबीच हुने बताइन।  दाहालकाअनुसार बहुउदेश्यी स्पोर्ट्स एकेडेमी निर्माणका साथसाथै अन्य खेलका लागि पनि सुविधा सम्पन्न स्थल निर्माण हुनेछ।  





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved