युएई बिरुद्दको पहिलो टि २० खेल आज, इतिहास रच्ने अर्को अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 08:46:50 AM मा प्रकाशित

laxmi  sunrise bank

युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आज बिहीबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग पहिलो खेल खेल्नेछ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । एक दिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि दोस्रो खेलमा सानदार खेल खेल्दै १४५ रनको जित हासिल गरी सिरिज बराबरी गरेको थियो । तेस्रो खेलमा पनि २५५ रनको कठिन लक्ष्य नेपालले पछ्याउँदै प्रशंसायोग्य जित हासिल गर्दै सिरिज जितेको थियो । 

नेपालले टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेल माघ १८ र अन्तिम खेल माघ २० गते खेल्नेछ । टि–२० अन्तर्राष्ट्रिय सिरिजको सबै खेल नेपाली समयानुसार २ः४५ बजे हुनेछ । सम्पूर्ण खेल दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछ । जुन मैदानमा नेपालले ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो । 

राम्रो फर्ममा रहेको नेपाली टोलीले टि–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ । जुनसुकै ठूला प्रतियोगितामा नेपाली ब्याट्सम्यानको प्रदर्शनलाई लिएर टीकाटिप्पणी हुने गरे पनि जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् । 

सन् २०१४ को टि–२० विश्वकपमा टि–२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालले २०१५ मा टि–२० विश्व कप छनोटमा खराब प्रदर्शनपछि मान्यता गुमाएको थियो । पुनःगत वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टि–२० अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको छ । 

टि–२० सिरिजमा नेपालले युएईलाई पराजित गर्नसके नेपालको ऐतिहासिक पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिजमा पनि जित हुनेछ । सन् २०१५ को आयरल्याण्ड र स्कटल्याण्डले संयुक्तरुपमा आयोजना गएको टि–२० विश्वकप छनोट नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २० रनले पराजित भएको थियो । 

त्यस्तै सन् २०१४ मा बङ्गलादेशमा आयोजना भएको टि–२० विश्वकपअन्तर्गत अभ्यास खेलमा युएई छ विकेटले विजयी भएको थियो । सन् २०१३ मा पनि भएको विश्वकप छनोटअन्तर्गतको खेलमा नेपालले युएईलाई उसकै घरेलु मैदानमा पाँच विकेटले पराजित गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved