यूएईविरुद्धको टि–२० मा नेपालले पायो १०८ रनको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 04:25:03 PM मा प्रकाशित

laxmi  sunrise bank

यूएईविरुद्धको टि–२० शृंखलाको दोस्रो खेलमा नेपालले एक सय ८ रनको लक्ष्य पाएको छ । आइसिसी एकेडेमी ओभल मैदान दुबईमा टस जितेर ब्याटिङ रोजेको यूएईले १९.२ ओभरमा सवैविकेट गुमाउँदै एक सय ७ रनको योगफल तयार पारेको हो ।

युएईका चुन्दानगापोइल रिज्वानले ४ चौका र १ छक्काको मद्दतमा ४४ रन जोडे । शाइमन अनवरले १४, मोहम्मद बुटाले ११ रन जोडे । नेपालका अविनाश बोहराले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान २/२ विकेट र करण केसीले एक विकेट लिए ।

यूएईविरुद्धको तीन खेलको टि–२० शृंखलामध्ये बिहीबार नेपालले पहिलो खेल २१ रनले गुमाइसकेको छ । त्यसैले शृंखलामा बराबरी गर्न तथा शृंखला हात पार्ने सम्भावना जीवित राख्न नेपालले यो खेल जित्नैपर्ने बाध्यता छ । टि–२० शृंखलाको अन्तिम खेल भने आइतबार हुनेछ । नेपालले यूएईविरुद्ध यसअघि खेलेको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला भने २–१ले जितिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved