दीपेन्द्र र पवनको ब्याटिङ चल्दा युएईबिरुद्द नेपालको शानदार जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 06:34:21 PM मा प्रकाशित

laxmi  sunrise bank

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ । जित्नेपर्ने दबाबमा रहेको नेपालको लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दा नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो।     

सुरुवाती विकेट सस्तोमै समेटिएपनि दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे। दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए ।

टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले समान्य चुनौती पाएको थियो ।यूएईका लागि ओपनर सीपी रिजवनले ४४ रन बनाए । ४३ बलमा ४४ रन बनाएका रिजवनले चार चौका र एक छक्का प्रहार गरेका थिए । उनलाई अविनाश बोहराले आउट गरे ।

नेपालका लागि अविनाश बोहराले उत्कृष्ट बलिङ गरे । चार ओभर बलिङ गरेका उनले २० रन खर्चेर तीन विकेट लिए ।सोमपाल कामीले अस्फाक र घुलाम तथा सन्दीप लामिछानेले साइमन र उस्मानलाई आउट गराएपछि खेल नेपालको पक्षमा आएको थियो ।

नेपालका लागि सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिएका छन् ।नेपालले अब अन्तिम तथा सिरिजको तेस्रो खेल आइतबार खेल्दैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved