पहिलो पटक एसियन कप जित्दै कतारले रच्यो इतिहास, ४ पटकको बिजेता जापान स्तब्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 11:09:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२२ को बिश्वकप आयोजना गर्न लागेको कतारले पहिलो पटक एशियन कप फुटबलको उपाधि जित्दै विश्व फुटबल तरंग ल्याएको छ । आज भएको फाइनल खेलमा प्रतियोगिता कै सर्बाधिक सफल टोली जापानलाई ३-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै कतारले पहिलो पटक उपाधि जितेको हो । 

युएईको आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको  १२ औं मिनेटमा अलमोएज अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा अब्देलअजिज हातिमले गोल गर्दै अग्रता दोब्बर पारे ।

 खेलको ६९औँ मिनेटमा जापानका ताकुमी मिनामोनोले एक गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । तर खेलको ८३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अक्रम हसन अफिफले कतारको शानदार जित सुनिस्चित गरे । 

४ पटक उपाधि जितेको जापान प्रतियोगिता कै सर्बाधिक सफल टोली हो  । तर कतारले एसियाली पावर हाउस समेत भनेर चिनिने जापानलै पराजित गर्दै बिश्व फुटबलमा आफ्नो दबदबा प्रस्तुत गरेको छ  ।  





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved