निर्णायक टि २० मा युएईलाई १०५ रनको लक्ष्य (लाइभ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 06:06:48 PM मा प्रकाशित

laxmi  sunrise bank

तेस्रो तथा अन्तिम टि २० मा नेपालले युएईलाई १०५ रनको लक्ष्य दिएको छ। टस हरेर पहिले ब्याटिंग गरेको नेपालले निर्णायक खेलमा १०५ रनको लक्ष्य दिएको हो ।  बर्षातका कारण ढिलो सुरु भएको खेल १० ओभरमा झारिएको थियो । 

नेपालले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा १०४ रन जोडेको हो ।  नेपालको लागि कप्तान पारस खड्काले सर्बाहिक २९ रन जोडे भने सन्दिप जोराले ११ बलमै २८ रन जोडे ।  त्यस्तै बिनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ तथा करण केसीले १० रन जोडे ।  पवन शराफ भने शुन्य रन मै आउट भएका थिए । 

यस अघि भएको पहिलो टि २० मा नेपाल पराजित भएको थियो भने दोस्रोमा जित निकालेको थियो ।  आजको खेल जिते नेपालले शृंखला पनि जित्ने छ ।  एक दिवसीय शृंखला नेपालले २-१ ले जितेको थियो ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved