६ विकेट लिएका अविनाश 'म्यान अफ द सिरिज'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 07:23:11 PM मा प्रकाशित

laxmi  sunrise bank

युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले टि–२० अन्तर्राष्ट्रिय सिरिज पनि जितेको छ । एक दिवसीय सिरिज यस अघि नै कब्जा गरिसकेको नेपालले आज आइतबार टि २० सिरिज पनि कब्जा गरेको हो । शृंखला १-१ को बराबरीमा रहेको अवस्थामा नेपलाले तेस्रो तथा अन्तिम खेलमा जित निकाल्दै शृंखला कब्जा गरेको हो । 

बर्षाका कारण १० ओभरमा झारिएको खेलमा नेपालले युएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर जवाफमा युएईले १० ओभरमा ८ विकेटको क्षतिमा ९० रन मात्र जोड्यो । अत नेपालले खेल १४ रनले जित्दै शृंखला कब्जा गरेको हो । युएलाई सस्तैमा समेट्न नेपालका लागि करण केसी, अविनाश बोहरा, र ललित भण्डारीले समान २-२ विकेट लिए भने सन्दिप लामिछाने र सोमपाल कामीले समान १-१ विकेट लिए ।

यस अघि नेपालले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा १०४ रन जोडेको हो ।  नेपालको लागि कप्तान पारस खड्काले सर्बाहिक २९ रन जोडे भने सन्दिप जोराले ११ बलमै २८ रन जोडे ।  त्यस्तै बिनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ तथा करण केसीले १० रन जोडे ।  पवन शराफ भने शुन्य रन मै आउट भएका थिए । नेपालले युएईमा एक दिवसीय शृंखलाको उपाधि र टि २० शृंखलाको पनि उपाधि जित्दै इतिह्स रचेको छ ।

निर्णायक खेलमा २ ओभरमा १३ रन खर्चेर २ विकेट लिएका करण म्यान अफ द ,यच घोषित भए । उनले ब्याटिंग गर्दै ५ बलमा १० रन समेत जोडेका थिए । त्यस्तै प्रतियोगिता भर ६ विकेट लिएका अविनाश बोहरा म्यान अफ द सिरिज घोषित भए । उनले पहिलो टि २० मा १, दोस्रोमा ३ र  तेस्रो खेलमा २ विकेट लिएका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved