इतिहास रचेको नेपाली टिम आज फर्कदै, भब्य स्वागतको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 08:38:03 AM मा प्रकाशित

laxmi  sunrise bank

युएई टुरमा ऐतिहासिक सफलता हात पारेको राष्ट्रिय क्रिकेट टोली आज नेपाल फर्कँदैछ। एक दिवसीय र टी– २० दुबै सिरिज २-१ को अन्तरले जितेको नेपाली क्रिकेट टोली अपरान्ह स्वदेश फिर्ता हुन लागेको हो। 

नेपाली टोली आज दिउँसो ३:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थतलमा अवतरण गर्ने भएको छ। इतिहास रचेको टोलीलाई क्रिकेट समर्थकहरुले विमानस्थलमा भब्य स्वागतको तयारी गरेका छन्  । 

 सन्दीप लामिछानेले भने नेपाल नफर्कने भएका छन्। सन्दीप युएईबाटै अष्ट्रेलिया जानेछन्। युएई टुर अघि सन्दिप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आएका थिए । तर उनको टोली प्ले अफ पुग्न नसकेपछि उनी बिग ब्याश लिग खेल्न अस्ट्रेलिया जान लागेका हुन् ।  बंगलादेश आउनु अघि उनी अस्ट्रेलिया मै थिए । 

नेपालले दुबै सिरिजमा नेपालले पहिलो खेल हारेर बाँकि २ खेल जित्दै शृंखला जितेको हो ।  नेपालले टि २० र एक दिवसीय शृंखला जितेको यो पहिलोपटक हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved