शृंखला जितेपछि आईसीसी बरियतामा नेपालको छलाङ, ४ देशलाई पछाडी पार्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 04, 2019 | 05:59:22 PM मा प्रकाशित

laxmi  sunrise bank

युएई बिरुद्दको टि २० शृंखला जित्दै इतिहास रचेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसीको बरियतामा पनि नयाँ किर्तिमान रचेको छ  ।  बिश्व क्रिकेटको सर्वोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्बजनिक गरेको बरियतामा नेपालले फड्को मारेको हो  ।  यस अघि बरियता मै नरहेको नेपाल शृंखला जितेपछि १४ औ स्थानमा पुगेको छ  ।  नेपालको हाल ३०३ रेटिंग रहेको छ  ।  नेपालले ४ देशलाई पछाडी पार्दै बरियतामा छलांग मारेको हो  ।  नेपालले युएई, हंगकंग , ओमान र आयरल्याण्डलाई पछाडी पारेको हो  ।  बरियताको शिर्ष स्थानमा पाकिस्तान तथा दोस्रोमा भारत रहेको छ  ।  



टि २० शृंखला १-१ को बराबरीमा रहेको अवस्थामा नेपलाले तेस्रो तथा अन्तिम खेलमा जित निकाल्दै शृंखला कब्जा गरेको हो ।  बर्षाका कारण १० ओभरमा झारिएको खेलमा नेपालले युएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर जवाफमा युएईले १० ओभरमा ८ विकेटको क्षतिमा ९० रन मात्र जोड्यो । अत नेपालले खेल १४ रनले जित्दै शृंखला कब्जा गरेको हो । युएलाई सस्तैमा समेट्न नेपालका लागि करण केसी, अविनाश बोहरा, र ललित भण्डारीले समान २-२ विकेट लिए भने सन्दिप लामिछाने र सोमपाल कामीले समान १-१ विकेट लिए ।

यस अघि नेपालले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा १०४ रन जोडेको हो ।  नेपालको लागि कप्तान पारस खड्काले सर्बाहिक २९ रन जोडे भने सन्दिप जोराले ११ बलमै २८ रन जोडे ।  त्यस्तै बिनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ तथा करण केसीले १० रन जोडे ।  पवन शराफ भने शुन्य रन मै आउट भएका थिए । 

 सन् २०१४ को टि–२० विश्वकपमा टि–२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालले २०१५ मा टि–२० विश्व कप छनोटमा खराब प्रदर्शनपछि मान्यता गुमाएको थियो । पुनःगत वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टि–२० अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको छ । पुन: मान्यता पाएपछि नेपाल पहिलो पटक बरियतामा परेको हो    । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved