क्रिकेट खेलाडीलाई रातो कार्पेटमा भब्य स्वागत, विमानस्थल मै बाडियो २ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 07:35:12 PM मा प्रकाशित

laxmi  sunrise bank

 युएईसंगको एकदिवसीय र टी-२० शृंखला जितेर इतिहास रच्दै स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अपरान्ह रातो कार्पेट सहित टोलीको भब्य स्वागत गरिएको हो । खेलाडीको स्वागतमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, राष्ट्रिय खेदकुद परिषद् -राखेपका  उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव केशव विष्ट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

ठुलो संख्यामा क्रिकेट समर्थकहरु पनि विमानस्थल पुगेका थिए  । विमानस्थल मै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले खेलाडीहरुलाई पैसा वितरण गरेका छन्।  तिमल्सिनाकी पत्नीले खेलाडीलाई पैसा सहितको खाम वितरण गरेकी हुन। सुरुमा २-३ खेलाडीलाई खाम दिएपछि भिडको कारण अन्यलाई खाम दिन सम्भव थिएन । पछि टोलीका म्यानेजर रमण शिवाकोटीले एकमुष्ट दिने भन्दै सबै खाम लिएका थिए  । 

अध्यक्ष तिमल्सिना आफै क्रिकेटप्रेमी भएकोले खेलाडीलाई व्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप २१ खेलाडीलाई  जनही १० हजारको दरले   २ लाख १० हजार पुरस्कार दिएका हुन्  ।  राखेपका सदस्य सचिव विष्टले खेलाडीहरुलाई जनही ५ लाख दिन मन्त्रालय मार्फत सिफारिस गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् । 

नेपालले एक दिवसीय र टि २० को पनि पहिलो खेलमा हार बेहोरेको थियो । तर दोस्रो र तेस्रो खेल जित्दै एक दिवसीय र टि २० शृंखला २-१ अन्तरले जितेको हो ।  नेपालले दुवै फर्म्याट तर्फ सिरिज नै जितेको यो पहिलो पटक हो । 

यो पनि :

शृंखला जितेपछि आईसीसी बरियतामा नेपालको छलाङ, ४ देशलाई पछाडी पार्यो

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved