एएफसी सोलिडारिटी कप: नेपाल र टिमोर लेस्टे भिड्दै (लाइभ भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 05, 2016 | 05:26:21 PM मा प्रकाशित

laxmi  sunrise bank


मलेसियामा जारी एएफसी सोलिडारिटी कप अन्तर्गतको नेपाल र टिमोर लेस्टेबीचको खेल सुरु भएको छ। विश्व फुटबल महासंघ (फिफा)को वरीयताक्रममा नेपाल र टिमोर लेस्टे संयुक्तरुपमा १८६औं स्थानमा छन् ।

समूह ‘ए’मा तीन टोलीमात्र रहेका कारण नेपाल टिमोर लेस्टेलाई हराउनासाथ सेमिफाइनलमा पुग्नेछ । यसअघि, दुईपटक यी दुई टोली भिड्दा दुबै खेलमा नेपाल विजयी भएको थियो ।

यस प्रतियोगितामा कमजोर देखिएको टिमोर लेस्टे यस अघि ब्रुनाईसंग ४-० ले पराजित भएको थियो। 

एसियाली फुटबल महासंघ (एएफसी)ले आफ्ना कमजोर सदस्यलाई सम्मिलित गरी आयोजना गरेको प्रतियोगिताको समूह ‘बी’मा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीले नेपाली टिम उपाधि जित्न मलेसिया आएको प्रतिक्रिया दिएका छन। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved