धनगढी प्रिमियर लिगको तयारी पूरा, पुरस्कार राशी २० प्रतिशतले बढाईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2019 | 05:21:35 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणको तयारी लगभग पुरा भएको छ । आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । ‘संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ’ धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले भने, ‘मैदान तथा प्राविधिक व्यवस्थापनका काम लगभग सकिएका छन् ।’

डीपीएल ३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । सबै टोलीमा १२/१२ जना अक्सनबाट छानिएका छन् भने एक रणनीतिक र दुई जना विदेशी खेलाडी छन् ।

प्रतियोगिताको पुरस्कार राशी २० प्रतिशत बढाइएको आयोजकले जनाएको छ । विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउनेछन् । यस्तै मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार ‘सुनको जुत्ता’ दिइनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याचलाई १५ हजार लिइनेछ । म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

रुस्लान डीपीएलको तेस्रो संस्करणमा ५ करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । अघिल्लो संस्करणमा विजेतालाई २५ लाख दिइएको छ ।

प्रतियोगिताको उद्घाटनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामामा सहभागी एक पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याएका एक जनालाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १/१ लाख रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५०, प्ले–अफमा ७० र फाइनलमा १०० रुपैयाँ तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved