नेपाल र टिमोर लेस्टेबीच खेल बराबरीमा सकियो, यस्तो छ सेमिफाइनल प्रवेशको समीकरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 05, 2016 | 07:41:10 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा जारी एएफसी सोलिडारिटी कप अन्तर्गतको खेलमा नेपाल र टिमोर लेस्टे बराबरी खेलेका छन। अधिकांश समय बल आफ्नो पक्षमा राखेको नेपालले पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा अंक बाड्न बाध्य भएको छ। 

मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा भएको खेलको पहिलो हाफमा भारि वर्षाको बावजुत पनि राम्रो प्रदशन गरेको नेपाली टोलिले दोस्रो हाफमा आक्रमक खेल पस्किएको थियो। खेलको ६३ औ मिनेटमा बिमल घर्ति मगरले प्रहार गरेको बल गोल पोस्टको बारमा लागेको थियो। सम्हालिएको हाल प्रदशन गरेपनि 'भाग्य बलियो' नहुँदा नेपाली टोलिले टिमोरसंग अंक बाढेको छ। 

बराबरी खेलेको नेपालले सेमिफाइनलमा प्रवेशका लागी मंगलबार ब्रुनाईसंग प्रतिस्पर्धा गर्दै छ। मंगलबार ब्रुनाइलाई हराएमा वा  मंगलबार ब्रुनाइसँग ३ गोलभन्दा कम अन्तरले नेपाल पराजित भएमा सेमिफाइनल पुग्नेछ भने ३ गोलभन्दा बढी अन्तरले हारेमा पनि सेमिफाइनलको यात्रा टुंगिने छ ।

यता दुई खेलबाट १ अंक बटुलेको टिमोर क्वालिफाइ हुनका लागि नेपाल र ब्रुनाई बीच हुने खेलको नतिजा पर्खनु पर्ने छ। ब्रुनाईले यस अघि टिमोरलाई ४-० ले पराजित गरेको थियो।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीले ब्रुनाईसंगको खेल सहज नहुने बताएका छन। राम्रो प्रदशन गर्दा गर्दै पनि गोल गर्न नसक्दा नेपालले जित हासिल गर्न नसकेको बताउदै ब्रुनाई बिरुद्दको खेलमा नेपालले राम्रो प्रदशन गर्ने बिश्वाश व्यक्त गरेका छन। एसियाली फुटबल महासंघ (एएफसी)ले आफ्ना कमजोर सदस्यलाई सम्मिलित गरी आयोजना गरेको प्रतियोगिताको समूह ‘बी’मा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved