बिग ब्यासमा सन्दिपको टिमको खेल आज, सेमिफाइनलमा पुग्ने सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2019 | 09:16:46 AM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा अब समुह चरणका ४ खेल मात्र बाँकि छन् । सेमिफाइनलमा पुग्ने ३ टोलीको टुंगो लागिसकेको छ भने बाँकि १ स्थानको लागि ३ टोली प्रतिस्पर्धामा छन् । ति ३ टिम मध्ये नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्द मेलबर्न स्टार्स पनि एक हो । सन्दिपले टोलीका लागि ४ खेल खेलेर बंगलादेश प्रिमियर लिगको लागि आएका थिए । त्यसपछि सन्दिपले आफ्नो अन्तर्राष्ट्रिय ड्युटी अनुसार युएईसंगको एक दिवसीय र टि २० शृंखला खेले । अब भने सन्दिप बिग ब्यासमा आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याउन अस्ट्रेलिया पुगिसकेका छन् । 

सन्दिपको टोलीको खेल आज छ । उनको टोलीले अझै २ खेल खेल्न बाँकि छ। आजको खेल जिते सन्दिपको टोली सेमिफाइनलमा पुग्ने पक्का छ । आजको खेल हारेको खण्डमा पनि उनको टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना कायम नै रहने छ । आजको खेल हारे उनको टोलीले आइतबार हुने खेल जित्ने पर्ने बाध्यता हुन्छ । 

हाल मेलबर्न स्टार्सको १२ अंक छ भने सेमिफाइनलमा पुग्ने सम्भावना कायम नै राखेका बाँकि २ टोलीको समान ११-११ अंक छ । आजको खेल जिते मेलबर्न स्टार्सको १४ अंक हुने छ र सेमिफाइनलमा पुग्ने छ। सेमिफाइनलमा पुग्न सन्दिपको टोलीले २ मध्ये कम्तिमा १ खेल जित्नै पर्ने हुन्छ ।

सन्दिपले बिग ब्यासमा सुरुका ४ खेलमा ८ विकेट लिएका थिए । त्यसपछि बंगलादेश प्रिमियर लिगमा उनले ६ खेल बाट ४ विकेट लिए । त्यसपछिको युए बिरुद्दको शृंखलामा उनले एक दिवसीयमा ७ विकेट र टि २० मा ५ विकेट लिएका थिए । 

सन्दिपको टिमको आजको खेल नेपाली समय अनुसार दिउँसो ३:२५ मा सुरु हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved