सन्दिपको प्रतियोगिता कै उत्कृष्ट प्रदर्शनमा मेलबर्न स्टार्स सेमिफाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2019 | 12:31:21 PM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा सन्दिप लामिछाने आबद्द मेलबर्न स्टार्स सेमिफाइनलमा प्रवेश गरेको छ । जित्नै पर्नेमा खेलमा सिड्नी सिक्सर्समाथि ९४ रनको फराकिलो जित हात पार्दै स्टार्सले अन्तिम सेमिफाइनल स्थान पक्का गरेको हो । यो खेलमा पराजित भएको भए स्टार्सले सेमिफाइनलमा स्थान नपाउने थियो ।  

टस हारेर पहिले ब्याटिंग गरेको स्टार्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । १६९ रनको विजय लक्ष्य लिएर मैदान उत्रेको सिक्सर्सले १३.४ ओभरमा अल आउट हुदै ७४ रन मै समेटियो । सिक्सर्सलाई सस्तैमा समेट्न सन्दिपले सर्बाधिक ३ विकेट लिए । ३.४ ओभरमा सन्दिपले ११ रन खर्चदै ३ विकेट लिएका हुन् । यो सन्दिपको प्रतियोगिता कै उत्कृष्ट प्रदर्शन हो ।

अब सन्दिपको टिमले फाइनलमा स्थान बनाउनको लागि बिहिबार होबर्ट हरिकेनसंग खेल्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved