यु १९ एसिया कपको मिति तय, नेपाल सहित ८ टोली सहभागी हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2016 | 11:37:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१३/१४ को प्रतियोगिता भएपछि निरन्तरता पाउन नसकेको यु १९ एसिया कप यस बर्ष हुने भएको छ। एसियन क्रिकेट काउन्सिलको कार्यालय श्रीलंकामा सारेपछि उसले पहिलो प्रतियोगिता संचालन गर्ने लागेको हो  । प्रतियोगिता श्रीलंकामा नै हुने छ र ४ टेस्ट मान्यता प्राप्त राष्ट्र सहित ८ देशले सहभागिता जनाउने छन् । प्रतियोगोतामा टेस्ट मान्यता प्राप्त राष्ट्रहरुमा आयोजक श्रीलंका सहित भारत , पाकिस्तान र बंगलादेश रहेका छन् । त्यस्तै प्रतियोगितामा अफगानिस्तान, नेपाल , सिंगापुर र मलेशियाले पनि सहभागिता जनाउने श्रीलंकाबाट प्रकाशित हुने पत्रिका द सण्डे टाइम्सले जनाएको छ ।  

 प्रतियोगिता डिसेम्बर १० देखि २२ (मंसिर २५ देखि पुस ७ गते)सम्म चल्ने छ । ८ टोलीलाई २ समुहमा बाडेर राउण्ड रोबिन लिगको आधारमा खेल हुने छ । एक समूहको खेल कोलम्बोमा हुने र अर्को समूहको खेल दक्षिणी श्रीलंकामा हुने तय भएको छ ।

पहिलो पटक एसिया कप सन् २०१२ मा मलेशियामा भएको थियो जसमा फाइनल खेल बराबरी भएपछि भारत र पाकिस्तान दुवै टोली संयुक्त रुपमा बिजेता बनेका थिए। त्यस पछि दोस्रो संस्करण  सन २०१३/१४ मा यूएईमा भएको थियो, जसको उपाधि भारतले जितेको थियो । त्यस यता प्रतियोगिता हुन् सकेको थिएन । 

यस अघि नेपाली यु १९ टोलीले यु १९ बिश्वकपमा सहभागिता जनाएको थियो, जसमा नेपाल क्वाटरफाइनलमा बंगलादेशसंग पराजित भएको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved