चेल्सी बिरुद्द सिटीको ६ गोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2019 | 09:00:33 AM मा प्रकाशित

laxmi  sunrise bank

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले चेल्सीमाथि शानदार जित हात पारेको छ । आइतबार आफ्नै मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । 

खेल सुरु भएको चौथो मिनेट मै रहिम स्ट्रलिङले सिटीलाई अग्रता दिलाएका थिए । त्यसको ८ मिनेट मै सर्जियो अग्युइरोले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको ६ मिनेट मै अग्युइरोले अर्को गोल गरे। २५ औ मिनेटमा इल्क्ये गुन्डुगनले गोल गर्दै हाफ टाइममा खेललाई ४-० नतिजामा पुर्याए । खेलको ५६ औ मिनेटमा अग्युइरोले पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पुरा गरे ।  स्ट्रलिङले ८० औ मिनेट अर्को गोल गर्दै ६-० को फराकिलो जित सुनिश्चित गरे ।

जितपछि २७ खेलबाट ६५ अंक जोडेको सिटी शिर्ष स्थानमा उक्लिएको छ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved